नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पर्वतारोही तथा पर्यटकहरुको फेक रेस्क्यूविरुद्ध चलाएको अपरेशनबाट विभिन्न ट्राभल कम्पनीका सञ्चालकहरु पक्राउ परेका छन् । सीआईबीले माउन्टेन रेस्क्यू सर्भिसका जयराम रिमाल र विवेक पाण्डे, नेपाल चार्टर सर्भिस प्रालिका रविन्द्र अधिकारी र विवेकराज थपलिया र एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिका मुक्ति पाण्डे र सुभाष केसीलाई पक्राउ गरिएको जानकारी दिएको छ । उनीहरूमाथि राष्ट्रहित कसुरमा, आपराधिक लाभको कसुर, संगठित अपराधमा र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको सिआइबीको भनाइ छ ।
उनीहरुमध्ये माउन्टेन रेस्क्यू सर्भिस प्रालिले एक सय ७१ जनाको रेस्क्यू गरेको फेक दाबी गरेर एक करोड बढी अमेरिकी डलर बीमा दाबी गरेको पाइएको छ । यसैगरी नेपाल चार्टर सर्भिस प्रालिले ७५ जनाको फेक रेस्क्यू गरेर ८२ लाख डलर र एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिले ७१ पर्यटकको फेक रेस्कयू गरेर ११ लाख ५३ हजार अमेरिकी डलर माग दाबी गरेको सिआइबीको आरोप छ ।








प्रतिक्रिया दिनुहोस्