
प्रचण्डलाई हराउन नेकपा एमाले र प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)ले तालमेल गर्ने भएका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्व र पश्चिममा नेकपा एमालेले प्रलोपालाई सघाउने गरी दुई दलले तालमेलको सहमति गरेका हुन् ।
एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र प्रलोपा अध्यक्ष दुर्गा सोवबीच आइतबार हस्ताक्षर भएको सहमतिपत्रमा दुवै क्षेत्रमा एमालेले प्रलोपाको चुनाव चिन्ह आँखामै मतदान गर्ने सहमति भएको उल्लेख छ ।
रुकुम पश्चिममा प्रलोपाको तर्फबाट जनार्दन शर्मा उम्मेदवार छन् भने पूर्वमा संदिप पुन उम्मेदवार छन् । रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री प्रचण्ड उम्मेदवार छन् ।
उक्त सहमतिमा प्रलोपाले कर्णालीका हुम्ला र जुम्लाबाहेकका जिल्लामा र पुरानो राप्ती अन्चलका जिल्लामा एमालेका उम्मेदवारलाई मत हाल्ने भनिएको छ ।
प्रकाशित मिति : २०८२ माघ ११ गते आइतबार









प्रतिक्रिया दिनुहोस्