महिला टी-२० विश्वकप ग्लोबल छनोट : जिम्बाब्वेले नेपाललाई दियो १ सय ३० रनको लक्ष्य



काठमाडौँः आइसीसी महिला टी २० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको तेस्रो खेलमा घरेलु टोलीसामु जितका लागि जिम्बाब्वेले १ सय ३० रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २९ रनको योगफल तयार पारेको हो।

नेपालका लागि रिया शर्माले २ विकेट लिइन्। कविता कुवँर, पुजा महतो, सिता रानामगर र रुविना क्षेत्रीले समान एक विकेट आफ्नो नाममा गरे। नेपालले आजको खेलमा जित निकाले सुपर सिक्स खेल्ने सम्भावना जिवित राख्नेछ। हारले सुपर ६ को सम्भावना सकिनेछ। लगातार ३ खेलमा हार भोगेको जिम्बाब्वे समूह चरणको अन्तिम खेल खेल्दैछ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १० गते शनिबार