
सुर्खेत – कर्णाली प्रदेशमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका सात जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
जसमा कालिकोटका चार जना, सल्यानमा दुई र हुम्लामा एक जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
कालिकोटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध बागी उम्मेदवारी दिभएका अर्का केन्द्रीय सदस्य जीवनबहादुर बुढाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
यस्तै नेपाली कांग्रेसका बागी उम्मेदवार भूपेन्द्रजंग शाही, प्रगतिशील लोकतान्त्रिक पार्टीका धर्मराज न्यौपाने र स्वतन्त्र उम्मेदवार प्रेमसिंह तिरुवाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले कालिकोटले जनाएको छ ।
यता सल्यानमा प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट उम्मेदवारी दिएका सन्तोषकुमार राई र आम जनता पार्टीका मानसिङे कामी र हुम्लामा मितेरी नेपाल पाटीका जयबहादुर शाहीले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।









प्रतिक्रिया दिनुहोस्