पहिलोपटक पार्टी कार्यालयमा सभापति गगन थापा



काठमाडौं ।

विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति चयन भएपछि सभापति गगन थापा पहिलोपटक पार्टी केन्द्रीय कार्यालय पुगेका छन् । उनी केहीबेरअघि पार्टी कार्यालय पुगेका हुन् ।

उनलाई आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने बताइएको छ । पार्टी कार्यालयमा बाक्लो संख्यामा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको छ ।

गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सभापति चुनिएका थिए । उपसभापति भुसालका अनुसार सभापति थापासहित पदाधिकारीले पदभार ग्रहण गरेपछि केन्द्रीय समिति बैठक बस्ने छ ।

बैठकपछि सभापति थापा चुनाव प्रचारका लागि सर्लाही क्षेत्र नम्बर ४ जाने कार्यक्रम छ । अघिल्लो निर्वाचनमा काठमाडौं ४ बाट निर्वाचित थापा यसपटक सर्लाही ४ मा उम्मेदवार छन् । उनले माघ ६ गते वारेसमार्फत् उम्मेदवारी दर्ता गराएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रबार