नेकपाका हेमबहादुरले कास्की २ मा गराए मनोनयन दर्ता



काठमाडौं ।

कास्की क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट हेमबहादुर थापा पराजुली (अमाेद) ले मनाेनयन दर्ता गराएका छन् । उनले मुख्य निर्वाचन कार्यालयमा पुगेर कास्की-२ मा पहिलाे मनाेनयन दर्ता गराएका हुन् ।

थापाकाे प्रस्तावकमा खड्ग हमाल र प्रस्तावकमा जनकराज पराजुली छन् । तत्कालीन माओवादीमा सशत्र संघर्षमा हाेमिएर आएका थापा डा. बाबुराम भट्टराई नेतृत्वकाे नयाँ शक्ति हुँदै माओवादीमै फर्किएका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार