निर्वाचन आयोगले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई कारबाही गर्न साइबर ब्युरोलाई पत्राचार गरेको छ । नेपाली कांग्रेसको विवाद मिलाउन ५२ करोडको लेनदेन गरेको आरोप लगाइएको भिडियो सार्वजनिक गरेपछि आयोगले निर्णय नै गरेर प्रसाईंमाथि अनुसगर्न ब्युरोलाई पत्राचार गरेको हो ।
गत शुक्रबार नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको कार्यसमितिलाई आयोगले अध्यावधिक गर्ने निर्णय गरेको थियो । उक्त निर्णय पैसा लिएर गरेको भन्दै भिडयो देखाइरहेको भिडियो सामाजिक सन्जालमा प्रशारण भएको थियो ।
प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार









प्रतिक्रिया दिनुहोस्