अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रिनल्यान्ड अधिग्रहण गर्ने योजनाको विरोधमा ग्रिनल्याण्डबासी सडकमा उत्रिएका छन् । ग्रिनल्यान्डको कुल जनसंख्याको झन्डै एक चौथाई सहभागी भएको भनिएको उक्त सडक प्रदर्शनलाई इतिहासकै ठूलो प्रदर्शन दाबी गरिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।
ग्रिनल्यान्डकी प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सेनसहित सांसद् तथा सरकारी अधिकारीहरु उक्त प्रदर्शनमा सहभागी भएका बताइएको छ ।
राष्ट्रिय झन्डासँगै ‘ग्रिनल्यान्ड बिक्रीमा छैन’ लेखिएको प्लेकार्ड बोकेका प्रदर्शनकारीहरुले ग्रिनल्यान्डको राजधानी नुकस्थित अमेरिकी कन्सुलेटको कार्यालयसम्म नाराबाजी गरेका जनाइएको छ ।
ग्रिनल्यान्डकी सांसद् सदस्य टिल्ली मार्टिनुसेनले आफ्नो बहुलट्ठी योजनाबाट ट्रम्प प्रशासन पछाडि हट्ने बताएकी छन् । ग्रिनल्यान्डको पक्षमा शनिबारै डेनमार्कको कोपेनहेगनमा पनि ठूलो संख्यामा सहभागितासहित प्रदर्शनमा भएको छ ।
ट्रम्प्ले अघि सारेको ग्निल्यान्डलाई अमेरिकामा गाभ्ने निर्णयसँग केवल १७ प्रतिशत अमेरिकीहरुमात्रै सहमत रहेको एक सर्वेक्षण देखाएको थियो ।
यसैबीच, ट्रम्पले ग्रिनल्यान्डको स्वायत्तताको पक्षमा उभिएका देशहरु डेनमार्क, नर्वे, स्विडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्डस् र फिनल्यान्डमाथि १ फेब्रुअरीदेखि लागु हुनेगरी १० प्रतिशत भन्सार शुल्क बढाएका छन् ।









प्रतिक्रिया दिनुहोस्