आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय टोलीको शनिबार औपचारिक बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघले शनिबार राजधानीमा एक कार्यक्रम आयोजना गरी विश्वकप यात्रामा निस्कन लागेको टोलीलाई शुभकामनासहित बिदाइ गरेको हो। नेपाली टोली आइतबार भारत प्रस्थान गर्नेछ।

विश्वकपको मूल प्रतियोगिता सुरु हुनुअघि नेपाली टोलीले भारत र श्रीलंकामा ‘वार्म-अप’ तथा अभ्यास खेलहरू खेल्नेछ। क्यानका अनुसार टोलीले श्रीलंकामा ‘श्रीलंका ए’ र भारतमा मुम्बईको ‘एमसीए प्रेसिडेन्ट ११’ सँग अभ्यास शृंखला खेल्ने तालिका तय भएको छ।
प्रकाशित मिति : २०८२ माघ ३ गते शनिबार









प्रतिक्रिया दिनुहोस्