रविको मुद्दा फिर्ताको निर्णयविरुद्ध दिनेश त्रिपाठी र युवराज सफलको रिट



काठमाडौं ।

रास्वपा सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।

अधिवक्ता दिनेश त्रिपाठी र युवराज सफलले सर्वोच्चमा रिट निवेदन दायर गरेको हुन्। रिट दर्ता प्रक्रियामा रहेको उनले बताएका अधिवक्ता त्रिपाठीले बताएका छन्। आफूले सो निर्णयको तत्काल कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश समेतको माग गरेको बताएका छन्।

महान्यायाधिवक्ता सविता भण्डारीले बुधवार लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रबार