काठमाडौं ।
अष्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भे नेपाली टोलीका बलिङ कन्सलट्यान्ट प्रशिक्षक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ क्यानले इयानलाई बलिङ कन्सलट्यान्ट प्रशिक्षकको रुपमा भित्राएको हो ।
नेपालले आगामी महिना तेस्रोपटक टी–२० विश्वकप क्रिकेट खेल्दैछन् । विश्वकपको तयारीमा रहेको नेपाली टोलीका लागि क्यानले इयानलाई भित्राएको हो । ५३ वर्षीय इयानले सन् १९९७ देखि २००४ सम्म अष्टे«लियाबाट ७३ अन्तर्राष्ट्रिय खेल खेलेका थिए । उनीसँग १६५ फष्ट क्लास, ३०५ लिष्ट ए र ५४ टी–२० खेल खेलेको अनुभव छ ।
नेपाली टोलीको मुख्य प्रशिक्षकको रुपमा अष्टे«लियन पूर्वक्रिकेटर स्टुअर्ट ल छन् । उनकै प्रशिक्षणमा नेपालले विश्वकप खेल्नेछ । समूह ‘सी’ मा नेपालसहित बंगलादेश, इंग्ल्याण्ड, इटाली र वेष्ट इन्डिज छन् । नेपालले समूह चरणका सबै खेल भारतमा खेल्नेछ ।
प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्