काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले महान्यायाधिवक्ताको कार्यालयले कलङ्कको रूपमा स्थापित भएको टिप्पणी गरेका छन्।

४२ औँ पिस्कर सहिद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महान्यायाधिवक्ताको कार्यालयले रास्वपा सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ताका पत्राचार गरेकोप्रति आपत्ति जनाए।
उनले सुशीला कार्की नेतृत्वको सरकार विदेशीको इसारामा चलेकोसम्म आरोप लगाए।उनले आफूहरूले नेपालीको सरकार बनाउन चाहेको भन्दै विदेशीले बनाएको सरकार ढाल्ने चेतावनी दिए।
प्रकाशित मिति : २०८२ माघ १ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्