काठमाडौँ, उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा जोड दिएका छन् । । माघी पर्व २०८२ का अवसरमा शुभकामना व्यक्त गर्दै उनले स्रोतको संरक्षण र दिगो उपयोगमा आमनागरिक र सरोकार भएका सबै सचेत हुनुपर्ने उल्लेख गरेका हुन् । संविधानले जैविक स्रोतको संरक्षण र दिगो उपयोगलाई राज्यको नीतिमा समेटेको पनि उनले उल्लेख गरेका छन् ।

विभिन्न नामले मनाइने चाडपर्वको साझा सन्देश राष्ट्रियता, भाइचारा, मेलमिलाप, मैत्रीभाव र अपनत्वलाई बलियो बनाउनु रहेको भन्दै उपराष्ट्रपति यादवले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानलाई अक्षुण्ण राख्दै जनताको अधिकार, स्वशासन र समृद्धिको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास पनि व्यक्त गरेका छन् ।
नेपालमा प्रत्येक वर्ष माघ १ गते विभिन्न भूगोल, समुदाय र संस्कृतिअनुसार यो पर्वलाई आ–आफ्नै मौलिक नामले उल्लासपूर्वक मनाउने परम्परा रहिआएको छ । थारू समुदायले यसलाई नयाँ वर्षको प्रारम्भका रूपमा ‘माघी’ भनी मनाउँछन् भने मगर समुदायले मौलिक नयाँ वर्षका रूपमा मनाउने चलन छ ।









प्रतिक्रिया दिनुहोस्