भोजपुरमा सशस्त्र प्रहरीको सहयोगमा ‘हिटी’ पुनर्निर्माण



भोजपुर : जिल्लाको भोजपुर नगरपालिका–८ स्थित ऐतिहासिक हिटी ९धारा०को सशस्त्र प्रहरी बल नेपाल नं ५ गुल्म टक्सारको सहयोगमा पुननिर्माण गरिएको छ । सशस्त्र प्रहरी बलले दु्रत प्रभाव परियोजनाअन्तर्गत वडा कार्यालयसँगको सहकार्यमा हिटीको पुननिर्माणमा सहयोग गरेको हो ।
सशस्त्र प्रहरी नायव उपरीक्षक दिव्यराज कोइरालाले वडा कार्यालयबाट विनियोजित रु एक लाख ७५ हजार र स्थानीय श्रमदानबाट रु ३१ हजार ६२५ को लागतमा धारा निर्माण सम्पन्न भएको बताए । हिटी निर्माण समितिका सचिव कोपिला राईले सशस्त्रसँगको सहकार्यले कम लागतमा पनि बढी काम गरिएको बताए ।
सशस्त्र प्रहरीको २५औँ दिवसको अवसर पारेर भोजपुर नगरपालिकाका उपप्रमुख निर्मला शेर्पा र प्रमुख जिल्ला अधिकारी राजन पौडेलले पुनर्निर्माण भएका धाराको संयुक्त रूपमा उद्घाटन गरे । पुराना ऐतिहासिक संरचनाको पुननिर्माण र संरक्षणमा भोजपुर नगरपालिकाले बजेटको व्यवस्थापन गर्दै आएको उमप्रमुख शेर्पाले बताए ।
स्वच्छ खानेपानी नागरिकको नैसर्गिक अधिकार भएकाले वडा कार्यालय र सशस्त्र प्रहरीले वडावासीका लागि खानेपानी व्यवस्था गरेकामा यो कार्य प्रशंसायोग्य भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । विसं १९३६ मा स्थानीय पदमलाल कोइरालाले यहाँ हिटीधारा निर्माण गर्नुभएको थियो भने यसको संरक्षकमा पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले महत्वपूर्ण योगदान पुर्‍याएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १ गते बिहीबार