दमक : राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहका लागि दमकमा तीनवटा घर खोजिएको छ । रास्वपा झापा सभापति प्रकाश पाठकका अनुसार २१ फागुनको निर्वाचनलक्षित चुनावी प्रचारका लागि घर खोजिएको हो । उनले दुईवटा घर चुनावी प्रयोजनका लागि टुङ्गो लगाइएको छ, जसमा एउटा दमक नगरपालिका–३ क्याम्पस मोडमा खोजिएको छ भने अर्को दमक– ५ मा खोजिएको छ ।

अर्को घर पनि दमकभित्रै खोजिएको र त्यसको भिडियो, तस्वीर बालेन सचिवालयलाई पठाइ सकिएको पाठकले जानकारी दिए । बालेनको सचिवालयका सदस्य आज बेलुका दमक पुग्दै छन् । कार्यालय व्यवस्थापनका लागि उक्त समूहले काम गर्नेछ । बालेनका लागि यी घरहरू दुई महिनाका लागि भाडामा लिइएको छ । बालेन ४ माघमा जनकपुरमा हुने विशेष सभालाई सम्बोधन गरेर सिधै झापा आउनेछन् ।
उनी ५ माघमा दमकस्थित झापा निर्वाचन क्षेत्र– ५ को कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्नेछन् । झापा–५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चुनावी क्षेत्र हो ।









प्रतिक्रिया दिनुहोस्