आधिकारिकता दाबी गर्दै निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय



काठमाठौँ, विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ ।गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।​​​​​​

बैठकले गगन र विश्वप्रकाश लगायतका नेतालाई गरेको कारबाही खारेज गरेको छ । सो पार्टीको प्रवक्तासमेत तोकिएको छ । बुधबार नेपाली काँग्रेस संस्थापन पक्षले गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १ गते बिहीबार