कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाका पूर्व नगरप्रमुख लूटबहादुर रावतलाई पुत्रशोक परेको छ । पूर्व नगरप्रमुख रावतका कान्छो छोरा कोहलपुर–१० निवासी तोयानाथ रावतको उपचारको क्रममा निधन भएको हो । रावतको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा आइतबार निधन भएको हो ।
रावत नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा अधिकृत तहमा सामाजिक सुरक्षा कोष विभाग इन्चार्जका रुपमा कार्यरत थिए । नेकपा एमालेको जिल्ला कमिटी सदस्यसमेत रहेका रावत लामो समयदेखि बिरामी थिए ।
रावतको निधनपछि नेकपा एमाले बाँकेका नेता कार्यकर्ताहरुले सम्वेदना प्रकट गरेका छन् । पूर्व नगरप्रमुख रावतका तीन छोरा छन् । उनी कान्छो छोरा थिए । रावतको अन्तिम दाहसंस्कार मंगलबार बाँकेको राप्ती सोनारी गाउँपालिका १ स्थित अगैया घाटमा गरिने रावत परिवारका सदस्य भीम रावतले जानकारी दिए ।
प्रकाशित मिति : २०८२ पुस २८ गते सोमबार









प्रतिक्रिया दिनुहोस्