सुनचाँदीको भाउमा कीर्तिमान



काठमाण्डौ ।

सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा एकैदिन ४ हजार १ सय रुपैयाँले बढेर तोलाको २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । आज चाँदी तोलामा २ सय ५ रुपैयाँले बढेर तोलाको ५ हजार १ सय ९५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ९ सय ९० रुपैयाँ थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २८ गते सोमबार