कैलाली ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओम रानाबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री निवासमा भएको भेटवार्ताको क्रममा मुख्यमन्त्री शाहले प्रदेशमा बढ्दो लागूऔषध दुव्र्यसन नियन्त्रण तथा निरुत्साहित गर्न प्रभावकारी कदम चाल्न प्रहरी प्रमुख रानालाई निर्देशन दिए ।
भेटको क्रममा मुख्यमन्त्रीले लागूऔषधले युवा पुस्तामा नाकारात्मक प्रभाव परिरहेको बताए । उनले यसको नियन्त्रणमा प्रहरीको भूमिकालाई अझ सशक्त बनाउन आवश्यक रहेको उल्लेख गरे । मुख्यमन्त्री शाहले प्रदेश प्रहरी प्रमुख रानालाई सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन निर्देशन दिए ।
प्रहरी प्रमुख रानाले लागूऔषध नियन्त्रण र शान्ति सुरक्षाका क्षेत्रमा प्रदेश प्रहरी सक्रिय भएर काम गरिरहेको बताए । उनले मुख्यमन्त्रीले दिएको निर्देशनलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।









प्रतिक्रिया दिनुहोस्