जन्मदिनमा बीमा पोलिसी उपहार



धनगढी ।

कैलालीको गोदावरी नगरपालिकाका एक युवाले आफ्नो छोरीलाई जिवन बीमा उपहार दिएका छन् । छोरीको जन्मदिनको अवसर पारेर नगरपालिकाको वडा नं. ६ का युवा केशव नौन्यालले आफ्नो छोरी क्रिस्टिना नौन्याललाई जिवन बीमा उपहार दिएका हुन् ।

उनले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड अत्तरिया शाखाबाट छोरीको ५ लाखको बीमा गरेको बताएका छन् । छोरी क्रिस्टिनाको ४ वर्ष पुरा भएको अवसरमा छोरीलाई बीमा उपहार दिएको उनले बताए । बालबच्चाको सुरक्षा र भविष्यमा आइपर्ने समस्याहरूको सहजताका लागि बीमा उपहार दिएको उनको भनाइ छ ।

‘बालबालिकाहरूको भविष्य सुरक्षित बनाउनका लागि बीमा महत्वपुर्ण छ’ उनले भने ‘यसले उनीहरूलाई सुरक्षित बनाउने मात्रै नभई उनीहरूको भविष्यमा आइपर्ने समस्याहरूको समाधान गर्नमा पनि मुख्य भुमिका निर्वाह गर्न सक्छ ।’ उनले अहिलेको व्यस्त समयमा बीमा मानिसको अभिन्न अंगका रूपमा रहेको बताउँदै अनिवार्य रूपमा बीमा गर्न सबैमा आग्रह गरे ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस ११ गते शुक्रबार