नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सले पुस ५ गतेदेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ट्रफी सेलिब्रेसन टुर सुरु गर्ने भएको छ । लुम्बिनी लायन्सले बिहीबार सार्वजनिक गरेको तालिका अनुसार बाँके र बर्दियाबाट सुरु हुने टुर पुस १५ गते रुपन्देहीमा आए पूरा हुनेछ ।
बाँके ।
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सले भोलि पुस ५ गतेदेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ट्रफी सेलिब्रेसन टुर सुरु गर्ने भएको छ । लुम्बिनी लायन्सले बिहीबार सार्वजनिक गरेको तालिका अनुसार बाँके र बर्दियाबाट सुरु हुने टुर पुस १५ गते रुपन्देहीमा आए पूरा हुनेछ ।
तालिका अनुसार भोलि पुस ५ गते नेपालगन्जको बागेश्वरी मन्दिरदेखि बर्दियाको गुलरियासम्म र बाँसगढीदेखि बाँकेको कोहलपुरसम्म ट्रफी प्रदर्शन गरिनेछ । पुस ६ गते दाङको तुलसीपुर–घोराहीमा टुर आयोजना हुनेछ । पुस ७ गते पूर्वी रूकुमको रूकुमकोट–खलङ्गासम्म, पुस ८ गते रोल्पाको लिवाङ–सुलिचौरसम्म, पुस ९ गते प्युठानको भिङ्ग्रीदेखि स्वर्गद्वारीसम्म, पुस १० गते प्युठानको बिजुवार बरुङ्लादेखि चकचके दरभाङ र दाङको भालुबाङसम्म टुर रहने जनाइएको छ ।
साथै, पुस ११ गते कपिलवस्तुको चन्द्रौटा–कृष्णनगर–तौलिहवा–गोरुसिङ्गेसम्म, पुस १२ गते अर्घाखाँचीको सुपादेउराली मन्दिरदेखि सन्धिखर्कसम्म, पुस १३ गते गुल्मीको तम्घासमा, पुस १४ गते पाल्पाको तानसेन बजार, पुस १५ गते नवलपरासीको बर्दघाट–सुनवलसम्म र पुस १५ गते नै रुपन्देहीको भैरहवादेखि लुम्बिनीसम्म टुर आयोजना गरिनेछ ।
लुम्बिनी लायन्सका अनुसार पुस १६ गते बुधबार बुटवलको सिद्धबाबा मन्दिरदेखि ट्राफिक चोकसम्म टुर आयोजना हुनेछ भने मेगा कन्सर्ट पनि आयोजना हुनेछ । एनपीएलको दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गरेको थियो ।
लुम्बिनीले त्यससअघि दोस्रो क्वालिफायरमा विराटनगर किङ्स र प्लेअफको एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गरेको थियो । एनपीएलको पहिलो संस्करणको जनकपुर बोल्ट्सले जितेको थियो ।








प्रतिक्रिया दिनुहोस्