कोहलपुर ।
खेलकुद प्रतियोगिता मात्र नभइ विद्यार्थीहरुका लागि सर्वाङ्गीण विकास गर्ने एक माध्यम रहेको कोहलपुर नगरपालिका नगरप्रमुख पूर्णप्रसाद आचार्यले बताएका छन् । बिहीबार नवौँ मेयर कप तथा १८औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनौट प्रतियोगिताको उद्घाट गर्दै मेयर आचार्यले सो कुरा बताएका हुन् ।
कोहलपुरलाई शिक्षासँगसँगै खेलकुदलाई पनि प्रथामिकता दिएर स्थानीय सरकार अघि बढिरहेको उनले जानकारी दिए । खेलाडीहरुको प्रतिभा पहिचानका लागि ग्रास रुटदेखि नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको उनले बताए । मेयर कप जस्ता खेलकुद प्रतियोगिताहरुले नयाँ विद्यार्थीहरु खेलडीहरुको प्रतिभा प्रस्फुटन र भविष्यका जुझारु खेलाडी उत्पादन गर्ने उनको भनाइ थियो ।
उनले स्थानीय सरकारको तर्फबाट विद्यालय तहदेखि खेल पूर्वाधार विस्तार गर्नुका साथै खेलकुद सामाग्री उपलब्ध गराउँदै आएको उनले बताए। खेलकुदले विद्यार्थीहरुलाई स्वास्थ र अनुशासित रहन मद्दत पुग्ने कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदीले जानकारी दिइन् । उनले प्रतियोगिताले विद्यार्थी खेलाडीको नेतृत्वर आत्मविश्वास वृद्धि गर्ने विश्वास लिएको बताइन् ।
प्रतियोगिताले विद्यार्थीहरुको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्न मद्दत पुग्ने विश्वास लिएको प्रतियोगिता संयोजक चक्र चिमाला क्षेत्रीले बताए । उनले विद्यार्थीहरुका लागि जिल्ला र राष्ट्रियस्तरसम्म पुग्ने सवर्ण अवसरसमेत रहेको बताए । प्रतियोगितामा ४३ वटा माध्यमिक विद्यालय र १० वटा आधारभूत विद्यालयले सहभागिता रहेको बताए । माध्यमिक र आधारभूत विद्यालय गरेर जम्मा १ हजार ८ सय ५८ छात्रछात्रा खेलाडीहरु सहभागिता जनाएका छन् ।
माध्यमिक तहतर्फ छात्रा ४ हजार ९१ , छात्र ६ सय ३६ गरेर १ हजार १ सय २७ र आधारभूतत तहतर्फ छात्रा २ सय ९७, छात्र ४ सय ३४ गरेर ७ सय ३१ विद्यार्थी सहभागी हुने भएका हुन् । प्रतियोगितामा एथलेटिक्स, मार्सल आर्टस, भलिबल, कबड्डी, लगायतका विभिन्न विद्यालयहरुमा खेलाडीहरुले सहभागीता जनाएको जनाइएको छ । प्रतियोगिता ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ कोहलपुर नगरपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालय कौशिलानगरको खेलमैदानमा बिहीबारदेखि सुरु भएको हो ।








प्रतिक्रिया दिनुहोस्