वीरेन्द्रनगरमा शिक्षक सरुवा विवाद चर्कियो



वीरेन्द्रनगर ।

सुर्खेतको वीरेन्द्रनगरमा शिक्षक सरुवालाई लिएर चर्को विवाद सिर्जना भएको छ । नगर शिक्षा ऐनविपरीत सरुवा गरिएको भन्दै शिक्षकहरूले आन्दोलन गरिरहेका छन् । आन्दोलनका क्रममा आइतबार प्रहरीसँगको झडपमा नेपाली काँग्रेस निकट एक कार्यकर्ता घाइते भएका छन् ।उनलाई प्रहरीले लाठीचार्ज गरी नियन्त्रणमा लिएको थियो । आफू अभिभावकको तर्फबाट आन्दोलनमा गएको र प्रहरीले दमन गरेको घाइतेले आरोप लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार असन्तुष्ट शिक्षक तथा नेपाल शिक्षक संघमा आबद्ध केही व्यक्तिहरूले शिक्षकहरूले वीरेन्द्रनगर नगरपालिकाको कार्यालय अगाडि धर्ना दिनुका साथै नगर शिक्षा शाखामा तालाबन्दी गरेका थिए ।

उनीहरूले आफ्ना व्यक्तिगत समस्या नबुझी केही नजिकका व्यक्तिलाई फाइदा पु¥याउनका लागि सरुवा गरिएको आरोप लगाएका छन् ।नगरपालिकाले भने कात्तिक १२ गते गरिएको सरुवाको निर्णय विद्यमान शिक्षा ऐनअनुसार नै भएको दाबी गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १७ गते सोमबार