हुलाकको त्रैमासिक समीक्षा तथा अभिमुखीकरण



वीरेन्द्रनगर ।

सुर्खेतको पूर्वीक्षेत्रमा रहेका स्थानीय हुलाक भेरीगंगा, लेकवेसी, गुर्भाकोट तथा सिम्ता तथा ती स्थानीय हुलाकमातहतका अतिरिक्त हुलाकको आर्थिक वर्ष २०८२–०८३ को प्रथम त्रैमासिक समीक्षा कार्यक्रम गुर्भाकोट नगरपालिकाको मेहलकुनामा बिहीबार सम्पन्न भएको छ । हुलाक निर्देशनालय सुर्खेतका हुलाक निर्देशक गोविन्दप्रसाद पाण्डेको अध्यक्षातामा सम्पन्न भएको समीक्षा कार्यक्रमको सञ्चालन हुलाक निर्देशनालय सुर्खेतका शाखा अधिकृत सुनिताकुमारी खत्रीले गरेकी थिइन् ।

समीक्षा कार्यक्रमममा स्थानीय हुलाक भेरीगंगाको तर्फबाट खरिदार निर्माया अधिकारी, गुर्भाकोटको तर्फबाट खरिदार रामबहादुर परियार, लेकवेसीको तर्फबाट खरिदार पदमप्रसाद जैसी तथा सिम्ताको तर्फबाट हुलाकी डम्बरबहादुर बस्नेतले आफ्नो कार्यालय तथा मातहतका अतिरिक्त हुलाकहरूको चालू आवको प्रथम त्रैमासिक प्रतिवेदन पेश गरेका थिए ।

खुला सत्रमा सहभागीहरूले आआफ्ना जिज्ञासा राखेका थिए । हुलाक निर्देशक पाण्डे तथा शाखा अधिकृत खत्रीले सहभागीहरूबाट आएको जिज्ञासाको सम्बोधन गर्नुका साथै सहभागीहरूलाई सेवा प्रवाह समन्वय सहकार्य प्रतिवेदन आचरणा तथा अनुशासन लगायतका विषायमा क्षमता विकासका लागि अभिमुखीकरण प्रदान गरेका थिए ।

हुलाक निर्देशनालय सुर्खेतका नायव सुब्बा गिता तिमिल्सेना, कल्पना थापा तथा लेखापाल झलक वलीले कार्यक्रमको व्यस्थापनमा सहजीकरण गरेका थिए । कार्यक्रममा सुर्खेतको पूर्वीक्षेत्रका चार वटा स्थानीय हुलाक कार्यालय र अतिरिक्त हुलाकबाट गरेर ५५ जनाको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १४ गते शुक्रबार