दुई हप्तामा साढे दुई करोडका खसीबोका बिक्री



दसैँ अवधिभर बाँके जिल्लाबाट दुई करोड ३८ लाख रूपैयाँँभन्दा बढीका खसीबोका बिक्री भएको छ । असोज ४ गतेदेखि असोज २० गतेसम्मको दुई हप्ताको समयभित्र जिल्लाका विभिन्न सहकारी संस्थामार्फत दुई करोड ३८ लाख रूपैयाँँभन्दा बढीका खसीबोका बिक्री भएर जिल्ला बाहिर निर्यात भएका हुन् । जिल्लामा रहेका विभिन्न १४ वटा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमार्फत उक्त खसीबोका बिक्री भएका हुन् ।

नेपालगन्ज (बाँके) ।

गत वर्षको दसैँको समयमा भन्दा यस वर्षको दसैँको समयमा जिल्लाबाट खसीबोकाको कम कारोबार भएको छ । गत वर्ष दसैँको समयमा १४ वटा सहकारीहरूले तीन करोड ४६ हजार ४९६ रूपैयाँँ बराबरका ५५ हजार ८२६ किलो तौल भएका १ हजार ७८६ वटा खसीबोका बिक्री गरेका थिए । दसैँ अवधिभर बाँके जिल्लाबाट दुई करोड ३८ लाख रूपैयाँँभन्दा बढीका खसीबोका बिक्री भएको छ । असोज ४ गतेदेखि असोज २० गतेसम्मको दुई हप्ताको समयभित्र जिल्लाका विभिन्न सहकारी संस्थामार्फत दुई करोड ३८ लाख रूपैयाँँभन्दा बढीका खसीबोका बिक्री भएर जिल्ला बाहिर निर्यात भएका हुन् ।

जिल्लामा रहेका विभिन्न १४ वटा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमार्फत उक्त खसीबोका बिक्री भएका हुन् । जिल्लाको विभिन्न स्थानमा रहेका १४ वटा सहकारीमार्फत् दुई करोड ३८ लाख १० हजार ८१७ रूपैयाँँ बराबरका ४३ हजार ५९३ किलो तौल भएका १ हजार ३५१ वटा खसीबोका सहकारीमार्फत बिक्री भएर देशको विभिन्न सहरमा निर्यात भएका हुन् ।

दसैँमा सबैभन्दा बढी राप्ती सोनारी गाउँपालिका–९ ढकेरीस्थित सङ्घर्षशील सामाजिक उद्यमी महिला सहकारी संस्थाले कारोबार गरेको छ ।संस्थाका प्रबन्धक भूपेन्द्र खड्काका अनुसार सो सहकारीले ३१ लाख ८१ हजार ७५० रूपैयाँँ बराबरका ५ हजार ७८५ किलो तौल भएका १७८ वटा खसीबोका बिक्री गरेको छ । त्यसपछि राप्ती सोनारी गाउँपालिका– ७ लालपुरमा रहेको परिवर्तन साउमससंले ३१ लाख ६८ हजार ८७० रूपैयाँँका खसीबोका बिक्री गरेको छ ।

संस्थाका व्यवस्थापक पम्फा परियारले उक्त रकम बराबरका ५ हजार ९७९ किलोग्राम तौल भएका २१३ वटा सखीबोका बिक्री गरिएको जानकारी दिइन् । त्यसैगरी राप्ती सोनारी गाउँपालिका–७ फत्तेपुरमा रहेको रोशनी साउमससंले २५ लाख ८३ हजार ९०० रूपैयाँँ बराबरको ४ हजार ७८५ किलो तौल भएका १४५ वटा खसीबोका बिक्री गरेको संस्थाका व्यवस्थापक नसरुदिन शेषले जानकारी दिए । राप्ती सोनारी गाउँपालिका–२ खोरीयास्थित जननी साउमससंले २४ लाख २७ हजार ३६० रूपैयाँँ बराबरका ४ हजार ४७१ किलो तौल भएका १४८ वटा खसीबोका बिक्री गरेको प्रबन्धक गणेश खत्रीले जानकारी दिए ।

कुसुम साउमससंले २३ लाख ६५ हजार ८२५ रूपैयाँका खसीबोका बिक्री गरेको प्रबन्धक गङ्गा खुनाले जानकारी दिइन् । उनका अनुसार ४ हजार ३३९ किलो तौल भएका ९५ वटा खसीबोका बिक्री भएका हुन् । त्यसैगरी राप्ती सोनारी गाउँपालिका– ४ धामपुरस्थित सुनकोशी साउमससंले २० लाख ३३ हजार २७ रूपैयाँँका खसीबोका बिक्री गरेको व्यवस्थापक दिपा पुनले जानकारी दिइन् । उनका अनुसार ३ हजार ६५३ किलोग्राम तौल बराबरका १११ वटा खसीबोका बिक्री भएका थिए ।

बैजनाथ गाउँपालिका– ४ एकासीनगरस्थित बैजनाथ साउमससंले १९ लाख ७५ हजार रूपैयाँँका खसीबोका बिक्री गरेको व्यवस्थापक प्रमोद रिजालले जानकारी दिए । उनका अनुसार ३ हजार ५९० किलोग्राम तौल बराबरका ११० वटा खसीबोका बिक्री भएका हुन् । राप्ती सोनारी गाउँपालिका–६ टेपरीस्थित नयाँ सिर्जनशील साउमससंले १८ लाख ८८ हजार ४२५ रूपैयाँँ बराबरका ३ हजार ४३३ किलो तौल भएका १०४ वटा खसीबोका बिक्री भएको प्रबन्धक दिव्या गुरुङले बताइन् ।

अप्सरा साउमससंले ११ लाख ५७ हजार ८०० रूपैयाँँ बराबरका खसीबोका बिक्री गरेको व्यवस्थापक झुपा विष्टले बताइन् । उनका अनुसार २ हजार १७ किलोग्राम तौल बराबरका ६७ वटा खसीबोका बिक्री भएका हुन् । बैजापुर साउमससंले १० लाख ६३ हजार ९१० रूपैयाँँ बराबरका खसीबोका बिक्री गरेको छ । व्यवस्थापक चन्द्र थारुका अनुसार १ हजार ९४५ किलोग्राम बराबरका ६१ वटा खसीबोका बिक्री गरिएको हो ।
कोहलपुर साउमससंले १० लाख ३६ हजार ७४० रूपैयाँँका खसीबोका बिक्री गरेको व्यवस्थापक नवीन साहुले जानकारी दिए ।

उनका अनुसार १ हजार ८६८ किलोग्राम तौल बराबरका ६० वटा खसीबोका बिक्री भएका हुन् । सशक्तीकरण साउमससंले ३ लाख ९२ हजार ९७५ रूपैयाँँका खसीबोका बिक्री गरेको लेखापाल उमेशराज कठायतले जानकारी दिए । उनका अनुसार ७१४ किलोग्राम तौल बराबरका २३ वटा खसीबोका बिक्री भएका हुन् । बैजनाथ गाउँपालिका– ८ टिटहरियामा रहेको दिपलगन साउमससंले ३ लाख ५९ हजार ६६० रूपैयाँँका खसीबोका बिक्री गरिएको व्यस्थापक गौमती गुरुङले जानकारी दिइन् ।

उनका अनुसार ६७७ किलोग्राम तौल बराबरका २३ वटा खसीबोका बिक्री भएका हुन् । सङ्गिनी साउमससंले १ लाख ७५ हजार ६०५ रूपैयाँँका खसीबोका बिक्री गरेको व्यवस्थापक पार्वती खत्रीले जानकारी दिइन् । उनका अनुसार ३३७ किलोग्राम तौल बराबरका १३ वटा खसीबोका बिक्री भएका हुन् । गत वर्षको दसैँको समयमा भन्दा यस वर्षको दसैँको समयमा जिल्लाबाट खसीबोकाको कम कारोबार भएको छ । गत वर्ष दसैँको समयमा १४ वटा सहकारीहरूले तीन करोड ४६ हजार ४९६ रूपैयाँँ बराबरका ५५ हजार ८२६ किलो तौल भएका १ हजार ७८६ वटा खसीबोका बिक्री गरेका थिए ।

त्यसैगरी गत आर्थिक वर्ष २०८१–०८२ मा जिल्लामा क्रियाशील विभिन्न १५ वटा सामाजिक उद्यमी महिला सहकारी संस्थाहरूले १८ करोडभन्दा बढी रूपैयाँँको खसीबोका बिक्री गरेका थिए । उक्त आवमा ३ लाख ६८ हजार ९४५ किलो तौल बराबरका १० हजार ९७३ वटा खसीबोका बिक्री गरेर सहकारीहरूले १८ करोड ५४ लाख ९१ हजार २१९ रूपैयाँँ आम्दानी गरेका थिए । बाँकेमा पछिल्लो समयमा बाख्रापालनतर्फ किसान आकर्षित भएका छन् । सहकारी संस्थामार्फत बनाइएका विभिन्न समूहमार्फत किसानले बाख्रापालन गर्दैआएका हुन् ।

जिल्लाका आठ पालिकामध्ये धेरैजसो राप्ती सोनारी गाउँपालिकाका किसानहरू बाख्रापालनतर्फ बढी आकर्षित भएका छन् । राप्ती सोनारीमा जंगल क्षेत्र बढी भएका कारण पनि यहाँका किसानहरू यस पेसातर्फ आकर्षित भएका हुन् । किसानले पालेका खसीबोकाहरू सहकारी संस्थामार्फत बिक्री गर्दैआएका छन् । किसानसँग सहकारीले खरिद गर्ने र सहकारीले जिल्ला बाहिरका व्यापारीलाई प्रतिकिलो ५ देखि १० रूपैयाँँसम्म नाफा खाएर बिक्री गर्दैआएका छन् ।

अन्य समयभन्दा दसैँको समयमा बढी खसीबोका बिक्री हुने गरेको छ । बाख्रापालनबाट महिला किसानहरू आत्मनिर्भर बन्दैगएका छन् ।सहकारीमार्फत् विभिन्न समूहहरू गठन गरी किसानलाई खसीबोका उपलब्ध गराइने र ऋण सुविधासमेत दिइने भएका कारण पनि उनीहरू यस व्यवसायमा आकर्षित भएका हुन् । किसानहरूले यस व्यवसायबाट राम्रो आम्दानी गर्दैआएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज २९ गते बुधबार