रूकुम पश्चिम ।
रूकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा सहिद स्मृति मेला सुरु भएको छ । मंगलबारबाट उक्त मेला सुरु भएको हो । मेलाको कर्णाली प्रदेशसभा सदस्य मिलन खड्काले उद्घाटन गरेकी थिइन् । खड्काले खेलकुद देशको प्रेम भएको बताउँदै खेल क्षेत्रबाट थुप्रै युवाहरूले देशको नाम राखेको उल्लेख गरिन् ।
आफूले मग्माको रंगशालामा खेल उद्घाटन गर्न पाउँदा खुसी व्यक्त गर्दै रंगशालाको निम्ति आफूले सक्दो सहयोग गर्ने बताइन् । सहिद स्मृति मेला व्यवस्थापन समितिका संयोजक खिम खनालको अध्यक्षतामा भएको मेला उद्घाटन कार्यक्रममा बाँफिकोट गाउँपालिका उपाध्यक्ष तारा बुढा केसी, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सचिन रोका लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका सदस्य तथा समाजसेवी गोर्ख कुसारी, नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका सदस्य धर्मबहादुर केसी, चन्द्रबहादुर शाही, बाँफिकोट गाउँपालिका वडा नम्बर १ देखि १० सम्मका वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, समाजसेवीहरू लगायतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्