प्रचण्ड निवासमा पुगे प्रदर्शनकारी, घरमा ढुंगामुढा थप प्रहरीको टोली परिचालन



काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् ।

ललितपुरको खुमलटारमा रहेको उनको निवासमा ढुंगामुढा भएको हो । ललितपुरका एसपी चक्र जोशीले दिएको जानकारीअनुसार अहिले प्रचण्ड निवासमा ढुंगामुढा भएको जानकारीपछि प्रहरीको टोली परिचालन गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार