ग्राण्ड शिखर ओभरसिजको शाखा कोहलपुरमा



कोहलपुर ।

वैदेशिक रोजगार क्षेत्रमा काम गर्दै आएको ग्राण्ड शिखर ओभरसिज प्रालिले शाखा कार्यालय कोहलपुर नगरपालिका–११ म्याक्स होटल नजिकै सञ्चालनमा ल्याएको छ । पश्चिम क्षेत्रका नागरिकलाई केन्द्रित गरेर ग्राण्ड शिखर ओभरसिज प्रालिले कोहलपुरमा पनि शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

काठमाडौँको लाजिम्पाटमा रहेर विगत लामो समयदेखि वैदेशिक रोजगार क्षेत्रमा काम गर्दै आएको प्रालिले अब कोहलपुरबाट पनि सेवा प्रदान गर्ने सञ्चालक सन्तोष विष्टले जानकारी दिए । उनका अनुसार नेपाल सरकारले मान्यताप्राप्त श्रमस्वीकृति लिएर जाने मुलुकहरूमा सुरक्षित वैदेशिक रोजगारका लागि पठाउने काम गरिरहेको हो ।

कतार, दुबई, मलेसिया, साउदी, कुवेत, ओमन र रोमनिया लगायतका देशहरूमा सुरक्षित कामदार पठाउने काम गरिने उनले जानकारी दिए । वर्किङ भिसामा जापानको लागि पठाउने कामसमेत गर्ने गरिरहेको बताए । २०६४ सालमा दर्ता भएर प्रालिले काठमाडौँबाट निरन्तर सेवा दिइरहेको उनको भनाइ छ ।

काठमाडौँबाट दिइरहेको सेवा बाँके, बर्दिया, दाङ र सुर्खेत लगायतका जिल्लालाई मध्यनजर गरेर शाखा कार्यालय कोहलपुरमा सञ्चालनमा ल्याइएको उनले बताए । काठमाडौँसम्म जान समय र आर्थिक खर्च हुने भएकाले सोही सेवा कोहलपुरबाटै सहज रूपमा प्रदान गरिने उनले जनाए ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २३ गते सोमबार