सृष्टि सामुदायिकको १५औँ साधारणसभा सम्पन्न



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १० मन्नापुरस्थित सृष्टि सामुदायिक वन उपभोक्ता समूहको १५औँ साधारणसभा सम्पन्न भएको छ । समूहको प्राङ्गणमा सम्पन्न १५औँ साधारणसभामा जनलेखा परीक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम समेत सम्पन्न भएको हो । धारणसभाको उद्घाटन समारोहमा बोल्दै कोहलपुर सवडिभिजन वन कार्यालयका सहायक वन अधिकृत नवराज भण्डारीले उपभोक्ताहरूलाई दिगो वन व्यवस्थापनको कार्यान्वयनमा जोड दिन र सामुदायिक वनमा प्रविधिको विकास गर्न आग्रह गरे ।

उपभोक्ता बलबहादुर खत्री, शितल छायाँ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष खुसल भण्डारी र सृष्टि सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष हरिबहादुर रावत लगायतले आआफ्ना धारणा राखेका थिए । लेखा सहजकर्ता लालबहादुर रानाले आव २०८१–८२ को आयव्यय विवरण प्रस्तुत गरेका थिए ।

उनले प्रस्तुत गरेको विवरणअनुसारे गतवर्ष समूहलाई २१ लाख ८२ हजार २३१ रूपैयाँँ आम्दानी भएको र २१ लाख १२ हजार ९६६ रूपैयाँँ खर्च भएको थियो । गत वर्ष भएको कारोबारबाट समूहलाई ६९ हजार २६४ रूपैयाँँ आम्दानी बचत भएको छ । रानाले चालू आव २०८२–८३ को अनुमानित आयसमेत प्रस्तुत गरेका थिए । रानाले प्रस्तुत गरेको अनुमानित आय १८ लाख ४४ हजार ७६४ रूपैयाँँ रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २३ गते सोमबार