कोहलपुर ।
विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरूले देशभरका सडकमा स्कुल बस ¥याली निकालेका छन् । सोमबार बाँकेका मुख्य बजार नेपालगन्ज, कोहलपुरसहित काठमाडौँ, पोखरा लगायतका मुख्य सहरमा निजी विद्यालयहरूले विरोधस्वरुप स्कुल बस ¥याली निकालेका हुन् ।
निजी विद्यालय सञ्चालकहरूले विधेयकमा कम्पनी ऐनअनुसार दर्ता भइ सञ्चालनमा रहेका विद्यालयहरूलाई ‘गैरनाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने लगायतका पाँच वटा माग राखेर केही समययता आन्दोलनरत गरिरहेका छन् । पूर्णछात्रवृत्ति दिनुपर्ने व्यवस्था पनि हटाउनुपर्ने, छात्रवृत्ति दिँदा विद्यालयहरूमा उत्पादन नहुने पोशाक, पाठ्यपुस्तक, शैक्षिक सामग्री, यातायात, खाना, खाजा जस्ता सुविधा दिनुपर्ने नीति खारेज गनुपर्ने उनीहरूको माग रहेको छ ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट पारित भएको विधेयक प्रतिवेदन अब सभाबाटै पारित गर्ने तयारी गरिएको छ । निजी स्कुलका सञ्चालकहरूले भने भदौ १८ गतेसम्म आफ्ना माग पूरा नभए अनिश्चितकालसम्म स्कुल बन्द गर्ने समेत चेतावनी दिएका छन् । त्यसैको विरोधस्वरुप विभिन्न कार्यहरूका घोषणा गर्दै आन्दोलन गरिरहेका हुन् ।
सरकारले निजी विद्यालयहरूको संरक्षण र प्रोत्साहन गर्नुको साटो निरुत्साहन गर्न खोजिरहेको उनीहरूको भनाइ छ । निजी विद्यालयहरूले शिक्षा क्षेत्रमा पु¥याएको योगदानका मूल्यांकन हुनुपर्ने तथा विद्यालय बन्द गर्ने नियतले सरकार अघि बढेको उनीहरूको आरोप छ ।









प्रतिक्रिया दिनुहोस्