जुम्ला ।
तीन दिनदेखि कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । अविरल वर्षापछि आएको पहिराले कर्णाली राजमार्ग अन्तर्गतको कालिकोट शुभकालिका गाउँपालिका–१ गगनेखोलामा भएको अवरुद्ध अझै खुलेको छैन् । तीनदेखि सडक पूर्णरूपमा अवरुद्ध हुँदा जुम्लाबाट स्याउ बोकेर गएका ट्रक बाटोमा अलपत्र परेका छन्।
गगने खोलामा ठुला ढुङ्गा आएको र ब्रेकरले पनि ढुङ्गा फुटाउन सम्भव नभएपछि ब्लास्टिङ गर्ने तयारी भइरहेको छ । सडक अवरुद्ध भएपछि जुम्लाबाट स्याउ बोकेर गएका २० वटा ट्रक बाटोमै रोकिएको छ । तीनदेखि ट्रक बाटोमै रोकिएपछि करोडौँ रुपियाँ पर्ने स्याउ कुहिने जोखिम बढेको छ।
सीमावर्ती क्षेत्र नाग्म प्रहरी चौकीको रेकर्डअनुसार भदौ १४ गतेदेखि १६ गते बिहानसम्म २० वटा स्याउ ट्रक जुम्लाबाट गएका छन् । नाग्म प्रहरी चौकीका असई यम शर्माका अनुसार भदौ १४ गते ८ वटा, भदौ १५ गते ११ वटा ट्रक र भदौ १६ गते अर्थात १ वटा गरी जम्मा २० वटा ट्रकले स्याउ बोकेर गएको असई शर्माले जानकारी दिए ।
भदौ १४ देखि १६ गतेसम्म स्याउ बोकेका २० ट्रक रोकिएका छन्। २० वटा ट्रक भण्डै सात सय ९ क्विन्टल स्याउ निर्यात भएको छ । न्यूनतम १२ क्विन्टलदेखि अधिकतम् ४० क्विन्टलसम्म स्याउ व्यापारीले बिक्रीका लागि लिएको पाइएको छ । लगातार दुई दिनदेखि बाटोमै स्याउ थन्किएपछि कुहिने जोखिम बढेको व्यापारी हरिसिंह नेपालीले बताए ।









प्रतिक्रिया दिनुहोस्