काठमाडौं, चैत २ । रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले सिरियामा तैनाथ आफ्ना सेनालाई फिर्ता हुन निर्देशन दिएका छन् ।
राष्ट्रपति पुटिनको घोषणाले विश्व समुदायलाई नै आश्चर्यचकित बनाइदिएको छ । उनले सिरियामा रुसी सेना तैनाथ गर्नुको उद्देश्य करिब पूरा भएकाले आजदेखि सेना फिर्ता हुने जानकारी दिए ।
justify;”>सिरियामा पाँच वर्षदेखि चलिरहेको गृहयुद्ध अन्त्य गर्नका लागि शान्ति वार्ता चलिरहेका बेला रुसले आफ्ना सैनिक फिर्ता गर्न लागेको हो ।
रुस सिरियाली राष्ट्रपति बसर अल असदको प्रमुख समर्थक हो । राष्ट्रपति असदको कार्यालयले पनि रुसी कदमप्रति सहमति जनाएको छ ।
तर राष्ट्रपति पुटिनले सिरियामा आफ्नो एक हवाई अड्डा र एक नौसैनिक केन्द्र भने सञ्चालनमा रहने जनाएका छन् ।
यसको मतलव रुसी सैनिक पुरै रुपमा भने फिर्ता हुने छैन । गत सेप्टेम्बरदेखि रुसले सिरियामा हवाई आक्रमण सुरु गरेको थियो ।
रुसी हवाई आक्रमणपछि सिरियाली सरकारलाई विद्रोहीविरुद्धको कारबाहीमा सहयोग पुगेको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्