कोहलपुर ।
राष्ट्रिय स्वतन्त्र पार्टी,बाँकले हवाई भाडा कम गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ । दसैँ तिहार लगायतका महत्वपूर्ण पर्वको बेलामा निजी एयरलायन्सहरुले भाडा वृद्धि गरेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र संस्कृतिक तथा पर्यटन मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो ।
प्रमुख जिल्ला अधिकारीमार्फत बुझाइएको पत्रमा जाडपर्वको बेलामा नागरिकलाई सास्ती दिने र नाफा कमाउने अपवित्र उद्देश्यका साथ गरिएको भाडा वृद्धि नियन्त्रण गर्नुपर्ने माग गरिएको छ ।
जिल्ला सभापति हरिपाल सिंहद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा भाडादर अबिलम्ब घटाउन सम्बन्धित एयरलाइन्स कम्पनीहरुलाई निर्देशन दिन अनुरोध गरिएको छ । यसअघि आइतबार बसेको रास्वपा बाँकेको बैठकले ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।
प्रकाशित मिति : २०८२ असोज १२ गते आइतबार
प्रतिक्रिया दिनुहोस्