
नेपालगन्ज ।
सिर्जना कला साहित्य प्रतिष्ठान नेपालगन्जले तीनजना साहित्यकारहरूलाई सम्मान गरेको छ । शनिबार नेपालगन्जमा सम्पन्न एक कार्यक्रममा भरतबहादुर रानाभाट, विष्णुलाल कुम्हाल र पूर्ण ओलीलाई सम्मान गरिएको हो । प्रतिष्ठानले नेपालगन्ज निवासी रानाभाटलाई ‘वि. विकास साहित्य रत्न सम्मान’, साहित्यकार विष्णुलाल कुमाललाई ‘भुपेन्द्र प्रकाश प्रतिभा गौरव सम्मान’ र रूकुम निवासी पूर्ण वलीलाई ‘पशुपति शाह साहित्य स्मृति पुरस्कार’ प्रदान गरेको हो ।
यसैगरी कार्यक्रममा प्रतिष्ठानका अध्यक्षसमेत रहेका शशीराम कार्कीको दोस्रो उपन्यास ‘आरन’को विमोचन पनि गरिएको थियो । विमोचित कृतिमाथि समालोचक लेक प्याकुरेलले समीक्षात्मक टीप्पणी र कवि बिपी अस्तुले पाठक प्रतिक्रिया प्रस्तुत गरेका थिए । प्राडा कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरूले प्रतिष्ठानको सक्रियताको प्रशंसा गरेका थिए ।
कार्यक्रममा वरिष्ठ कथाकार सनत रेग्मी, प्राज्ञसभा सदस्य महानन्द ढकाल, प्राज्ञ डा. हरिप्रसाद तिमिल्सिना, लेखक नरेन्द्रजङ्ग पीटरलगायत पाँच दर्जन बढी लेखक साहित्यकारहरुको उपस्थिति रहेको थियो । यसैबीच, प्रतिष्ठानको अधिवेशन पनि शनिबारै सम्पन्न भएको छ । अधिवेशनले केही पदाधीकारी र सदस्यहरूमा फेरबदल गर्दै शशीराम कार्कीको पुरानै कार्यसमितिलाई निरन्तरता दिने निर्णय गरेको छ ।









प्रतिक्रिया दिनुहोस्