काठमाडौं ।
‘जेन-जी’ आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको राष्ट्रिय सम्मानका साथ शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी भएका छन्।
सरकारले शहीद घोषणा गरेपछि अन्त्येष्टिका लागि तयार भएका परिवारको शवयात्रामा मंगलबार उनीहरु पनि सहभागी भएका हुन्। ऊर्जामन्त्री घिसिङले राष्ट्रिय झण्डा बोकेका छन् भने गृहमन्त्री अर्यालले राष्ट्रिय झण्डा ओढेर ऐक्यबद्धता जनाएका छन्।

सरकारले आन्दोलनमा ज्यान गुमाउनेहरूलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र उनीहरूको सम्मानमा असोज १ गते राष्ट्रिय शोक बिदा दिने निर्णय गरेपछि पीडित परिवार अन्त्येष्टिका लागि सहमत भएका हुन्। भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध युवाहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दा ७२ जनाको मृत्यु भएको थियो।
मृतक अधिकांशको गोली लागेर ज्यान गएको थियो भने केहीका शव जलेको अवस्थामा फेला परेका थिए। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक विभागका अनुसार गोली लागेकाहरूमध्ये अधिकांशको छाउको र छातीमा लागेको छ।









प्रतिक्रिया दिनुहोस्