कँडेलको नेतृत्वमा होटल व्यवसायी संघ



नेपालगन्ज ।

बाँकेका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूको छाता संगठन होटल व्यवसायी संघ बाँकेमा भिमलाल कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । संघको पूर्वअध्यक्षसमेत रहेका कँडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो ।

भदौ २१ गते सम्पन्न अधिवेशनको बन्द शत्रले नयाँ कार्यसमिति र पदाधिकारी निर्विरोधरुपमा निर्वाचित गरेको शनिबार घोषणा गरिएको हो ।संघको वरिष्ठ उपाध्यक्षमा घनश्याम थापा, उपाध्यक्षमा विष्णुप्रसाद पोख्रेल, उपाध्यक्ष (महिला)मा विष्णु शाही, महासचिवमा प्रेमबहादुर शाह, सचिवमा थुमबहादुर क्षेत्री, कोषाध्यक्षमा एकराज पाण्डेय र सहकोषाध्यक्षमा घनश्याम शर्मा निर्वाचित भएका निर्वाचन अधिकृत एवम् अधिवक्ता बसन्त गौतमले जानकारी दिएका छन् ।

यसैगरी कार्यसमिति सदस्यहरूमा अतुलकुमार गुप्ता, राजकुमार विक, मेघबहादुर गुरुङ, कुलब हादुर कार्की तथा सदस्य (महिला)मा गिता सुवेदी र कल्पना भण्डारी निर्वाचित भएका गौतमले जानकारी दिए । संघको कार्यसमितिमा बाँकी तीन जना सदस्य पछि मनोनित गरिने गौतमले बताए ।

नयाँ कायर्समिति घोषणा कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष कँडेलले देशको पछिल्लो राजनीतिक घटनाक्रमले होटल व्यवसाय क्षेत्र थप चिन्तित बन्न पुगेको बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २९ गते आइतबार