नेपालगन्ज ल्याइयो दुई युवाको शवः सुलभको शुक्रबार अन्त्येष्टि, आयुषको आज गरिने



नेपालगन्ज ।

जेनजी आन्दोलनका क्रममा भदौ २३ गते काठमाडौँमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा प्रहरीले हत्या गरेका नेपालगन्जका सुलभराज श्रेष्ठ र आयुष थापा मगरको शव आफन्तहरुले पाँच दिनपछि पाएका छन् । उनीहरुको शवलाई नेपालगन्ज शुक्रबार ल्याएर सुलभको शुक्रबारै अन्त्येष्टि गरिएको छ भने आयुषको अन्त्येष्टि आज शनिबार गरिने भएको छ ।

गोली लागेको भन्ने सुन्नेबित्तिकै सोही दिन काठमाडांँ पुगेका उनीहरुका आफन्तहरुले पाँच दिनसम्म पनि आफ्ना प्रिजयनहरुको शव पाएनन् । उनीहरुले शव आफूहरुको जिम्मा लगाइदिनका लागि राज्यका सबै निकायलाई हारगुहार गरे । सामाजिक सञ्जालमा कमेन्ट बक्ससम्ममा गएरसमेत उनीहरुले आफ्ना सन्तानहरुको शव बुझाइदिन माग गरे । तर, कसैले सुनुवाइ गरेन् । त्यसपछि काठमाडौैँमा आफ्ना आफन्तहरुको शव कुरेर बसेका सबै अभिभावकहरुले शुक्रबार बिहान पत्रकार सम्मेलन गरेरै शव जिम्मा लगाइदिन माग गर्नुपर्ने स्थिति आयो । बल्ल त्यसपछि शव पाइने अवस्था सिर्जना भयो ।

एकै टोलका दुई होनहार युवाको हत्याले शोकमा रहेको धम्बोझी र नेपालगन्जवासीहरु शव पाइने खबरसँगै मृतकहरुका घरमा भेला हुन थाले । शुक्रबार मध्याâबाट नेपालगन्जवासीहरु भेला हुन थालेकोमा शव अपराâ ५ बजे ल्याइपु¥याउँदा शुलभराजको घरअघि मानिसहरु ठेलमठेल भइसकेका थिए । सबैका आँखामा होनहार युवा गुमाउनुपर्दाको पीडा झल्किन्थ्यो । सुलभका पिता नरेन्द्र भक्कानिँदै गाडीबाट निस्कँदा सबैका आँखा रसाए ।

त्यसपछि धार्मिक संस्कारगत विधिहरु पूरा गरी तुरुन्तै सुलभलाई अन्तिम संस्कारका लागि लगियो । नेपालगन्जको पुष्पलाल चोक, धम्बोझी, वीपी चोक, पुनः धम्बोझी चोक, सेतु विक चोक बसपार्क हुँदै सहरमा शवयात्रा गराएर राप्ती नदीको सिधनियाघाटमा लगेर सुलभको अन्तिम संस्कार गरिएको छ । सुलभको शवयात्रा र अन्त्येष्टिमा सहभागी हुन ठूलो संख्यामा नेपालगन्जवासीहरु सिधनियाघाट पुगेका थिए ।

सिधनियाघाटमा करिब चार हजारको संख्यामा नेपालगन्जवासीहरु अन्त्येष्टीमा सहभागी भएको हुनसक्ने अनुमान लगाइरहेका थिए । इन्जिनियर रहेका श्रेष्ठ धम्बोझीस्थित भेरी स्कुलका सञ्चालक नरेन्द्र श्रेष्ठका एक्ला छोरा थिए । अन्त्येष्टिमा सहभागीहरु एकआपसमा कुराकानीका क्रममा देशको सुन्दर भविष्यको लागि सरकारले गोली चलाएर हत्या गरेकोमा भत्सर्ना गरिरहेका थिए भने केपी ओलीलगायत ठूला दलका प्रमुख नेताहरुको चर्काे आलोचना गरिरहेका थिए ।

साथै उनीहरुले अब देश सहादत पाएकाहरुको सपनाअनुसार उज्ज्वल भविष्यको बाटोमा अघि बढ्छ कि झन् समस्यामा पर्छ भन्दै संशय पनि व्यक्त गरिरहेका थिए । जसरी भएपनि अब देशलाई युवाहरुको सपनाअनुसार अघि बढाउनुपर्ने मत उनीहरुबाट व्यक्त भइरहेको थियो ।
भर्खरै मात्र इन्जिनियरिङ सकेका सुलभ सुन्दर भविष्यको खोजीमा अमेरिका जाने तयारीमा थिए । उनले अमेरिकामा जागिरसमेत पक्का भएर जान लागेका आफन्तहरु बताउँछन् । छिमेकीहरुका अनुसार उनको सपना देशमा सुशासन होस् भन्ने पनि थियो ।

त्यही भएर उनी आमाबुवाले नजानु भन्ने आग्रह गर्दागर्दै पनि आन्दोलनमा गएका थिए । त्यही आन्दोलनमा गएका बेला भिड नियन्त्रण गर्ने नाममा प्रहरीले गोली चलाएर सुलभको हत्या गरेको थियो । आयुषका आफन्तहरु भने नेपालगन्जमा आउँदै गरेको र सबै आफन्त आइसकेपछि आज शनिबार मात्रै अन्त्येष्टि गरिने तयारी गरिएको छ । आयुश पनि केही दिनमा फ्रान्स जाने तयारीमा थिए ।

आयुशका हजुुरबुवा अवकाशप्राप्त ब्रिटिश आर्मी टोपबहादुर थापाका अनुसार आयुश पनि ब्रिटिश आर्मी बन्ने सपना देख्थे । तर उनको दाँतमा भएको समस्याका कारण छनौट हुन नसकेपछि रोजगारीका लागि विदेश जाने तयारीमा थिए । बुवा सुशिलका अनुसार उनी पनि देशमा व्याप्त भ्रष्टाचार र कुशासनविरुद्ध क्रुद्ध थिए । करिब एक किलोमिटरको फरकमा घर रहेका दुई होनहार युवाको आन्दोलनका क्रममा ज्यान गएपछि अहिले नेपालगन्ज नै शोकमा छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २८ गते शनिबार