काठमाडौं ।
राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेसकी ईश्वरी न्यौपाने निर्विरोध चयन भएको घोषणा गरिएको छ । सत्ता गठबन्धनको तर्फबाट न्यौपानेको एकल उम्मेदवारी परेको थियो । निवर्तमान सभापति रामहरि खतिवडालगायतका समिति सदस्यले न्यौपानेलाई समिति बैठकमा खादासहित बधाई दिए ।
निजामती विधेयकको कुलिङ पिरियड छेडखानीमा संसदीय छानबिन समितिले नैतिक जिम्मेवार ठहराएसँगै खतिवडाले राजीनामा दिएपछि सभापति पद रिक्त थियो । पार्टीको निर्णय अनुसार संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएर न्यौपानेले राज्य व्यवस्था समितिमा उम्मेदवारी दिएकी थिइन् । कांग्रेसको समानुपातिक सांसद रहेकी न्यौपानेलाई कांग्रेसले यसअघि सभामुखको उम्मेदवार पनि बनाएको थियो ।
प्रकाशित मिति : २०८२ भदौ ११ गते बुधबार









प्रतिक्रिया दिनुहोस्