भेरीमा तीन रोगका बिरामीले निःशुल्क डायलाइसिस गर्न पाउने



नेपालगन्ज ।

अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीहरूले भेरी अस्पताल नेपालगन्जमा डायलाइसिस गर्दा शुल्क तिर्नु नपर्ने भएको छ । स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८० अन्तर्गत अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीले लिने डायलाइसिस सेवाका लागि भेरी अस्पताललाई सूचिकृत गरेसँगै उक्त सुविधा लिन पाइने भएको हो ।

अस्पताल सूचिकृत भएसँगै लामो समयदेखि डायलाइसिस सेवाको खर्च थेग्न नसकेर उपचारमा समस्या भोग्दै आइरहेका त्यस्ता बिरामीहरूलाई ठूलोे राहत मिल्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले जानकारी दिए । डा. सुवेदीले आज बुधबारबाट सो सेवा प्रदान हुन सुरु हुने बताए । उनका अनुसार अहिलेसम्म ज्येष्ठ नागरिक, सिकलसेल तथा थालेसिमिया, सामान्य डायलाइसिस, स्पाइन इञ्जुरी, हेड इञ्जुरी र मुटुका बिरामीहरूले विपन्न नागरिक औषधि उपचार कार्यक्रमबाट निःशुल्क सेवा लिँदै आएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ ११ गते बुधबार