बागेश्वरी बहुउद्देश्यीयको अध्यक्षमा हेमविक्रम



कोहलपुर (बाँके) ।

बागेश्वरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा हेमविक्रम जिसी चयन भएका छन् । शुक्रबार सम्पन्न सहकारीको दोस्रो वार्षिक साधारण सभा तथा विशेष अधिवेशनबाट जिसी अध्यक्षमा चयन भएका छन् । विशेष अधिवेशनबाट उपाध्यक्षमा यमकुमारी रावत, सचिवमा नवराज अधिकारी र कोषाध्यक्षमा धनबहादुर थापा चयन भएका छन् । सहकारीको सदस्यहरूमा मोहन लाल श्रेष्ठ, गणेश रेग्मी, पुष्पराज कँडेल, हरिकृष्ण चालिसे र क्रिसी चन्द चयन भएको अध्यक्ष जिसीले जानकारी दिए ।

यस्तै अधिवेशनबाट लेखा समितिसमेत चयन गरिएको छ । समितिको लेखा संयोजकमा गणेशमान श्रेष्ठ र सदस्यहरूमा जगत आले र दुर्गाप्रसाद पौडेललाई चयन गरिएको अध्यक्ष जिसीको भनाइ छ । सहकारीको दोस्रो वार्षिक साधारण सभा तथा विशेष अधिवेशन कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त अवसरमा बोल्दै उनले सुरक्षित भविष्यका लागि बचत आवश्यक रहेकोमा जोड दिएका थिए ।

उनले कोहलपुर क्षेत्रका यातायात व्यवसायीहरूको हकहितका लागि स्थापित सहकारीलाई व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । ‘नगरपालिका क्षेत्रमा विभिन्न प्रकारका सहकारी रहेका छन् । नियमसंगत स्थापना भएका सहकारीहरूको प्रवद्र्धन गर्नु स्थानीय सरकारको कर्तव्य हो । आर्थिक विकासका लागि स्थानीय सरकार सहकारीसँग सहकार्य र समन्वय गर्न तयार छ,’ वडाध्यक्ष शाहले भने । यस्तै सहकारीका कानुनी सल्लाहकार जगत जंग बुढाथोकीले सहकारी आर्थिक समृद्धिको आधार भएको बताए ।

उनका अनुसार सहकारीमार्फत आर्थिक समृद्धि आवश्यक छ । यातायात व्यवसायीहरूको हकहितका लागि स्थापना गरिएको सहकारीलाई आर्थिक र उत्पादनशीन क्षेत्रमा लगाउनुपर्ने उनले बताए । यस्तै मिसन मल्टिमिडिया प्रा.लि. कोहलपुरका प्रबन्ध निर्देशक विनोद पौडेलले कोहलपुर क्षेत्रमा रहेका यातायात व्यवसायीहरूको हकहितका लागि स्थापित सहकारीलाई समृद्ध बनाउन आवश्यक रहेकोमा जोड दिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ३१ गते शनिबार