सारेगमपमा गुञ्जिरहेका हमालद्वारा भोटका लागि अपिल



कोहलपुर ।

दाङको गढवा गाउँपालिका–६ का शिशिर हमाल सारेगमप लिटिल च्याम्प्स नेपालको सिजन दुईको ‘टप १६’मा प्रवेश गरेका छन् । गढवा बजारका १३ वर्षीय हमाल डिजिटल अडिसन हुँदै ‘टप १६’ भोटिङ राउण्डमा प्रवेश गरेक हुन् ।

आइतबार राति प्रशारित कार्यक्रममा उनले उदितनारायण झा र दिपा झाको स्वरमा रहेको सम्झना बिर्सना सललल…गीत गाएका थिए । सबै जजहरूले उनको प्रस्तुतिको प्रशंसा गर्दै हमाललाई ९४ अंक प्राप्त प्रदान गरेका हुन् । भोटिङ राउण्डमा जजहरूले प्रदान गरेको अंकमात्र नभई भोटिङका आधारमा अघि बढ्ने भएकाले उनले भोटका लागि अपिल गरेका छन् ।

उनले आफ्नो सारेगमप लिटिल च्याम्प्स नेपाल सिजन दुईको विजेता बन्ने सपना पूरा गर्न भोट गरिदिन आग्रह गरेका हुन् । सानै उमेरदेखि हमाल घरमा गीतहरू गुनगुनाउने गर्थे । उनको गायक बन्ने सपना पूरा गर्न सारेगमप लिटिल च्याम्प्स नेपाल सिजन दुईमा गएका हुन् ।

आफूले सक्ने र क्षमताले भ्याएसम्मको भोट गरिदिन उनले अपिल गरेका छन् । भोटका लागि खल्ती एप डाउनलोड गरी भोटिङ आइकनभित्र सारेगमप सिजन दुईमार्फत कोड नम्बर १३ मा भोट गर्न सकिने जनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १३ गते मंगलबार