आकाशबाट बर्खे झरी बर्सिरहँदा नेपालगन्जस्थित शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा निर्माणाधीन दुईवटा योजनाहरूमा निर्माणको चटारो छ । तर ती दुवै निर्माणका योजना चरम ढिलाइ भएका योजना हुन् । ढिलाइका कारण दुई वर्षदेखि मन्दिर परिसर कुरुप अवस्थामा रहेको छ । बागेश्वरी मन्दिर परिसरमा जुंगे महादेवको मन्दिर जाने पुल स्तरोन्नति र बागेश्वरी चिल्ड्रेन पार्कको निर्माण भइसक्नुपर्ने मिति घर्किएर क्षतिपूर्ति तिर्न लगाउँदा पनि निर्माण कम्पनीले काम पूरा गर्न सकेका छैनन् ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
आकाशबाट बर्खे झरी बर्सिरहँदा नेपालगन्जस्थित शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा निर्माणाधीन दुईवटा योजनाहरूमा निर्माणको चटारो छ । गत मंगलबार वर्षा भइरहँदा पनि कर्मचारीहरू निर्माणमा जुटेकै देखिन्थे ।
तर ती दुवै निर्माणका योजना चरम ढिलाइ भएका योजना हुन् । ढिलाइका कारण दुई वर्षदेखि मन्दिर परिसर कुरुप अवस्थामा रहेको छ । बागेश्वरी मन्दिर परिसरमा जुंगे महादेवको मन्दिर जाने पुल स्तरोन्नति र बागेश्वरी चिल्ड्रेन पार्कको निर्माण भइसक्नुपर्ने मिति घर्किएर क्षतिपूर्ति तिर्न लगाउँदा पनि निर्माण कम्पनीले काम पूरा गर्न सकेका छैनन् ।
नेपालगन्ज उपमहानगरपालिकाले निर्माणका लागि छनौट गरेका निर्माण कम्पनीहरूको लापरबाहीले बागेश्वरी मन्दिर परिसरका दुई ठुला योजनाहरू निर्माणमा ढिलाइ भइरहेको छ । निर्माण कार्यमा ढिलाइ हुनुले उपमहानगरपालिकाको ठेकेदार छनौट नै शंकास्पद देखिएको स्थानीय श्याम श्रेष्ठले बताए । आफूहरूले पटक पटक उपमहानगरको ध्यानाकर्षण गराएपनि निर्माण पूरा नहुनुमा ठेकेदार र उपमहानगरको मिलोमतोको आशंका गर्नुुपर्ने अवस्था आएको उनको भनाइ छ ।
उपमहानगरपालिकाले यी दुवै योजनाको जिम्मा लिएका ठेकेदारलाई कारबाही गर्न नसक्नुले पनि ठेकेदारका अघि उपमहानरपालिका निरीह बनेको स्पष्ट हुन्छ । २०७९ चैतबाट एक वर्षमा निर्माण सम्पन्न हुनेगरी काम थालिएको जुंगे महादेव मन्दिर जाने पुल स्तरोन्नतिको काम दुई वर्ष तीन महिना समयावधि पुग्दा पनि पूरा भएको छैन । ग्रेटर नेपाल कन्सट्रक्सन नामक ठेकेदार कम्पनीले एक करोड आठ लाख ७३ हजार नौ सय रूपैयाँमा एक वर्षभित्र निर्माण सक्नेगरी जिम्मा लिएको थियो ।
तर उक्त निर्माण समयमा पूरा नगरेपछि उपमहानगरपालिकाले २०८१ वैशाखमा एकैपटक १० महिनाको म्याद थप गरिदिएको थियो । म्याद थप गरेर २०८१ माघ १० मा निर्माण सकिसक्नुपर्ने मिति तोकिएकोमा उक्त अवधिभित्र पनि काम सम्पन्न नभएपछि २०८१ फागुन २३ गतेसम्म क्षतिपूर्तिसहित काम सम्पन्न नगरेमा कारबाहीको प्रक्रिया अघि बढाउने उपमहानगर कार्यपालिकाले निर्णय गरेको थियो ।
तर, ठेकेदारलाई उपमहानगरको कारबाही गर्ने सूचनाले केही फरक पारेन । यता उपमहानगर कार्यपालिकाले २०८२ असार ३ गते पनि कारबाहीको निर्णय गरेन । बरु असार २२ गतेसम्म क्षतिपूर्तिसहित निर्माण पूरा गर्न समय दियो । ठेकेदारले पछिल्लोपटक दिएको समयभित्र पनि काम सम्पन्न गर्न सकेको छैन । म्याद सकिएको दुई दिन पछि मंगलबार पनि निर्माणस्थलमा निर्माणको काम चलिरहेको थियो ।
उपमहानगरका इन्जिनियर सुरज शर्मा अब जुंगे महादेवको मन्दिरको सबै काम सकिएको र फिनिसिङको काम मात्रै बाँकी रहेको बताउँछन् । उनले ठेकेदारलाई गर्नुपर्ने भुक्तानी फछ्र्याैट नभैसकेको पनि जानकारी दिए । यस्तै अवस्था बागेश्वरी चिल्ड्रेन पार्कको पनि छ । २०८० पुस महिनामा एक करोड ८२ लाख रूपैयाँमा निर्माण सक्नेगरी उच्च कोटी गोरखनाथ बजरंग जेभीले गरेको सम्झौतामा २०८१ असार १० भित्र निर्माण पूरा गरिसक्नुर्ने उल्लेख थियो ।
ठेकेदारले उक्त मितिभित्र काम नसकेपछि ७ महिना म्याद थपेर माघसम्म पु¥याइयो । त्यसअवधिमा पनि काम पूरा नभएपछि २०८१ फागुन २३ गतेसम्म क्षतिपूर्तिसहित काम पूरा गर्न समय दिइयो । तर उक्त ठेकेदारलाई पनि कारबाही नगरेर उपमहानगरले २०८२ असार ३ गते कार्यपालिका बैठकबाट फेरी असार २२ गतेसम्म क्षतिपूर्ति तिरेर निर्माण पूरा गरिसक्ने अवधि दिएको थियो । तर, उक्त समय पनि घर्किएको दुई दिनपछि मंगलबार निर्माणको काम चलिरहेको थियो ।
उपमहानगरपालिकाका इन्जिनियर प्रदीप हरिजन बागेश्वरी चिल्ड्रेन पार्कको करिब ८० प्रतिशत काम मात्रै पूरा भएको बताउँछन् । अहिले उक्त स्थानमा माटो पटान गर्ने, सतह मिलाउने, बाउण्ड्री लगाउने र ग्रिलहरू राख्ने मुख्य काम रहेको उनले बताए । तर, ६ महिनामा सक्नेगरी सम्झौता भएको सो काममा पनि तोकिएको समय घर्किएर एक वर्षभन्दा बढी समय व्यतित भइसकेको छ । यसरी ढिलाइ हुनुमा निर्माण कम्पनीको कमजोरी र केही अदालती झन्झटहरू पनि कारण रहेको इन्जिनियर हरिजन बताउँछन् । उनले पछिल्लो पटक तोकिएको समयमा पनि काम नसकिएकोले अब के गर्ने भन्ने कार्यपालिकाको क्षेत्राअधिकारको विषय भएको बताए ।









प्रतिक्रिया दिनुहोस्