धनगढी ।
कैलालीको धनगढी उपमहानगरपालिका–१ मा रहेको हिलवल्र्ड इङ्लिस बोर्डिङ स्कुलले बधाई, सम्मान तथा उत्प्रेरणा कार्यक्रम गरेको छ । एसईई २०८१ को परीक्षामा धनगढीमै उत्कृष्ट नतिजा आएपछि विद्यालयले उत्साहित हुँदै विद्यार्थी, अभिभावक र शिक्षकहरूका लागि बधाई, सम्मान तथा उत्प्रेरणा कार्यक्रम राखेको हो ।
विद्यालयबाट जम्मा २१ जनाले एसईई दिएकोमा ३.९६ जिपिए ल्याउँदै स्नेहा ठगुन्ना प्रथम भएकी हुन् । उनले कक्षा नर्सरी देखि १० सम्म हिलवल्र्डमा नै अध्ययन गरेकी हुन् । यस्तै ३.६७ जिपिए ल्याएर संगिता चन्द दोश्रो र ३.६४ जिपिए ल्याएर सोनिया उपाध्याय तेश्रो भएकी हुन् । अन्य बाँकी विद्यार्थीहरूले ‘ए’ र ‘बी’ ग्रेड नै ल्याएर उत्तीर्ण भएको विद्यालयका प्रिन्सिपल डिआर शर्माले जानकारी दिए ।
विद्यालयले उत्कृष्ट नतिजा ल्याउनमा अभिभावकहरूको भूमिका पनि रहेको शर्माले बताए । उत्कृष्ट भएकी ठगुन्नालाई डेस्कटप कम्प्युटर मायाको चिनो दिएर खादा र कदरपत्र दिएर सम्मान गरेको हो । ठगुन्नाले आफ्नो उत्कृष्ट नतिजा आउनुमा शिक्षक र अभिभावकको उत्प्रेरणा रहेको उल्लेख गरिन् । यस्तै दोश्रो र तेश्रो हुनेलाई साइकल मायाको चिनो दिएर खादा र कदरपत्रसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर बम लगायतका व्यक्तिहरूले सम्मान गरेका हुन् । अन्य विद्यार्थीहरूलाई खादा र कदरपत्र दिएर सम्मान गरेको हो ।
कार्यक्रममा अध्यक्ष बमले कैलालीको शिक्षामा हिलवल्र्डको उल्लेखीय भूमिका रहेको बताए । २०८१ सालको एसईईमा उत्कृष्ट नतिजा ल्याउनमा विद्यालयको मात्र नभएर शिक्षक र अभिभावकहरूको भूमिका रहेको बताए । उनले विद्यार्थीको भविष्यका लागि विद्यालय परिवार जहिले पनि चिन्तनशील भएको बताउँदै अभिभाकहरूलाई आफ्नो नानीबाबुको विशेष ख्याल गर्न अनुरोध गरे ।
विद्यालयका शिक्षक खडक विश्वकर्माले स्वागत मन्तव्य राखेको कार्यक्रममा शिक्षक उदयप्रताप सिंह, एसईईमा दोश्रो हुने संगिता चन्दले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थीहरू र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्