१८ जना किसानलाई मिनी टिलर वितरण



बाँके ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ ले सोमवार १८ जना किसानलाई मिनी टिलर वितरण गरेको छ । वडा कार्यालयको आर्थिक वर्ष २०८१–०८२ को बजेटमार्फत पावर टिलर किसानलाई वितरण गरिएको हो । वडा नम्बर ६ को परिसर पनेरियामा औपचारिक कार्यक्रमका बीच मिनी टिलर हस्तान्तरण गरेको हो ।

वडाध्यक्ष लवराज खरेलले किसानहरूलाई मिनी टिलर हस्तान्तरण गरे । मिनी टिलर हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष खरेलले कृषिमा प्रगति गर्नका लागी, मानिसहरूलाई इच्छा जागरुक गर्नका लागि र आजको प्रविधि युगमा जोत्न सहज होस् भनेर ५० प्रतिशत अनुदानमा १८ वटा टोल विकासलाई एकएक वटा मिनी टिलर वितरण गरेको बताए ।

वडाको वार्षिक बजेटबाट ७ लाख विनियोजन गरी वितरण गरिएको उनले बताए । साथै वडा अध्यक्ष खरेलले गाउँपालिकाको कृषि शाखाबाट मोटर र दुईजना किसानलाई बोरिङसमेत वितरण गरेको बताए । हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष खरेल, वडा सचिव प्रकाश भारती, वडा सदस्यहरू लक्ष्मी थारू, पतरी परियार, रामबहादुर थारू, नरबहादुर पुन लगायत कर्मचारीको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २४ गते मंगलबार