गणेश रावत । कोहलपुर ।
शनिबार नेपालका लागि खास रह्यो । अझ विशेषखास रह्यो नेपाली खेलकुद क्षेत्र र खेलकुदप्रेमीहरुका लागि । क्रिकेट र फुटबलका डाइहट फ्यानहरुको नेपालमा कुनै कमी छैन । दुवै खेलका हजारौँ समर्थकहरु छन् । उसो त क्रिकेट र फुटबल विश्वको सबैभन्दा चर्चित खेल पनि हुन् । त्यसैले यी दुवै खेलका समर्थकको लागि शनिबारको दिन खास रह्यो ।
शनिबार यी दुवै खेलका नेपाली समर्थक सुखद प्रतिफलको अपेक्षामा थिए । नेपाली समर्थक महिला एशियन कप छनोट र एसीसी पुरुष यू–१६ इस्ट जोन कपको फाइनल दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय सफलताको प्रतिक्षमा थिए । प्रतिक्षामा रहेकामध्ये शनिबार दिउँसो क्रिकेटका नेपाली समर्थकहरुले सुखद प्रतिफल प्राप्त गरे ।
मलेसियाको बांगीस्थित वाईसएडी यूकेएम ओभलमा शनिबार भएको फाइनल खेलमा सिंगापुरलाई हराउँदै नेपालले उपाधि हात पार्न सफल भएको हो । नेपालले फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै लगातार दोस्रो पटक एसीसी पुरुष यू–१६ इस्ट जोन कप २०२५ को उपाधि हात पा¥यो । फाइनल खेल रहेकाले पनि खेल निकै रोमञ्चक बन्यो । नेपालले टस हारेर पहिला बलिङको निम्तो पाएको थियो ।
ब्याटिङको रोजेको सिंगापुरले ४०.५ ओभरमा अलआउट हुँदै ११३ रनमा समेटिएको थियो । सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा संघर्षपूर्ण तरिकाले पूरा ग¥यो । नेपालका लागि जोय थापाले अविजित ५३ बलमा २४ रनको पारी खेलेका थिए । यस्तै शिवांश बजगाइले १३ बलमा २० रन बनाए । अन्य दिनहरु जसो नेपालको ब्याटिङ राम्रो चल्न सकेनन् । जसको कारण नेपालले खराब सुरुवात गरेको थियो ।
४०.१ आभेरमा रहेको नेपाली टिमले निरन्तर विकेट गुमाउँदा ५८.५ को कठिन अवस्थामा पुगेर संघर्ष ग¥यो । जोय थापा र शुभम खनालको राम्रो साझेदारीले केही राहत भयो । त्यसपश्चात् नेपालको स्कोर केही उकालो लाग्यो । ९१.६ ओभरमा शुभम पनि १६ रन मात्रै बनाएर आउट भएपछि फेरि नेपाल ९२.८ को कठिन ओभरमा पुग्यो । लगातार विकेट गुमाउँदा सधैँजसो नेपाली क्रिकेट समर्थकको खेलको अन्तिम समयमा मुटुको धड्कन बढ्न थाल्यो ।
२ विकेटमात्रै बाँकी रहँदा जितको लागि २२ रन मात्रै बाँकी थियो । तर, विकेट गुम्ने डर निकै थियो । पिचमा राम्रोसँग टिकेर जब जोयले लगातार तीन चौका प्रहार गरे । नेपाली समर्थकहरु उपाधि नेपालले जित्नेमा ढुक्क भए । जोयले अभय यादवसँग मिलेर राम्रो साझेदारी बनाए । उनले १२ बलमा १० रन बनाए । अभयले जब विजयी अन्तिम छक्का प्रहार गरे । सबै नेपाली खेलाडीहरु उत्साहित हुँदै मौदानमा छिरे । खेल हेर्न रंगशाला पुगेका दर्शक तथा समर्थकहरु हर्षित भए । नेपाली भण्डा फर्पmराउँदै नाचेर रमाए ।
सिंगापुरका कपिश भेनकटरमनले ४ विकेट लिएपनि टोलीको जितको लागि भने पर्याप्त भएन । युवान पाण्डेले २ विकेट लिए । आकाश तेजा र वेदांश गुप्ताले १÷१ विकेट हात पारेका थिए । त्यसअघि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको सिंगापुर ४०.५ ओभरमा ११३ रनमा अलआउट भएको थियो ।
सिंगापुरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । उनले ९० भन्दा धेरै बल खेलेका थिए । रिहान नाइकले १५ रन बनाए । नेपालका लागि अभय यादवले १० ओभरमा ३४ रन दिएर ३ विकेट लिए । त्यस्तै सुशिलबहादुर रावलले पनि ३ विकेट लिए । शुभम खनालले २ तथा कप्तान बिपिनप्रसाद शर्माले १ विकेट लिए ।
बिपिनको सक्षम नेतृत्व कौशलता

कर्णालीको विकट बस्तीबाट उदाएका हुन्, बिपिनप्रसाद शर्मा । उनको क्रिकेटमा उदय गत वर्ष नेपाल प्रिमियर लिग एनपिएलबाट भएको हो । उनी कर्णाली याक्सबाट ट्यालेन्ट हन्टबाट छानिएका खेलाडी हुन् । उनले उक्त प्रतियोगितामा राम्रो खेल प्रर्दशन गरे । १६ वर्षीय बिपिन त्यसयता सर्वत्र चर्चामा रहे ।
प्रतियोगितामा बिपिनले १२ विकेट लिएका थिए । नेपाली क्रिकेटमा बायाँहाते स्पिनर बिपिन सानै उमेरका भएपनि राम्रो प्रतिभा भएको खेलाडीका रुपमा चिनिए । त्यसपश्चात् कोशी प्रदेश ट्रफी टि–२० को कर्णाली प्रदेशको टिमको उनले नेतृत्व गरेका थिए । उक्त खेलमा पनि उनले राम्रो प्रर्दशन गर्न सफल भए ।
क्यानले यस्तै प्रतिभा र क्षमतालाई मध्यनजर गर्दै नेपाली पुरुष यू–१६ युवा टिमको क्याप्टनको भूमिका दियो । उनकै नेतृत्वमा यू–१६ एसीसी इस्ट जोन कप खेल्यो । फलस्वरुप कुनै हार नबेहोरी शनिबार उपाधि जिताउन सफल भए । यतिमात्र नभई उनले उत्कृष्ट बलरको ट्रफीसमेत हात पार्न सफल भए । बिपिनले ५ खेलमा कूल १६ विकेट लिएका थिए । कर्णालीबाट उदाएका उनी एकपछि अर्काे सफलता हात पार्दैछन् । दुःखमा नआत्तिने र सुखमा नमात्तिने व्यक्तिका रुपमा समेत उनी चिनिन्छन् ।
सर्वाेत्कृष्ट खेलाडी रौनक

नेपाली ब्याटर रौनक श्रीवास्तव प्रतियोगिताको सर्वउत्कृष्ट खेलाडी घोषित भएका छन् । एसीसी यू–१६ इस्ट जोन कपको विजेता टोली नेपाली टोलीका भरपर्दा ब्याटर रौनकले एक शतक र एक अर्धशतकसहित २९६ रन बनाएका थिए । उनले इन्डोनेसियासँगको खेलमा ८८ रन बनाए ।
भुटानसँगको खेलमा भने उनले शतकसहित १६८ रन बनाएका थिए । त्यस्तै रौनक प्रतियोगिताको उत्कृष्ट ब्याटर पनि घोषित भए ।
रौनकले बनाएको १६८ रन कुनैपनि नेपाली खेलाडीले ५० ओभरको प्रतियोगितामा बनाएको उच्च व्यक्तिगत स्कोर हो । नेपालका लागि प्रसिद्ध जैसीले पनि एक शतक र एक अर्धशतकसहित २७८ रन बनाएका थिए । बलिङमा शुभम खनालको पनि प्रदर्शन राम्रो रहेको थियो । उनले १० विकेट लिएका थिए ।
नेपालले शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै उपाधि जितेको थियो । नेपाल यस प्रतियोगितामा अपराजित रहेर उपाधि जितेको हो । सिंगापुर समूह चरणमा पनि नेपालसँग पराजित भएको थियो । नेपालले यसअघि सन् २०२३ मा भएको इस्ट जोन कपको पनि उपाधि जितेको थियो । त्यसअघि एसीसीले यू–१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजना गर्दै आएको थियो र नेपालले २०१७ र २०१९ मा पनि लगातार उपाधि जितेको थियो ।









प्रतिक्रिया दिनुहोस्