एएफसी महिला एसियन कप छनोटः उज्बेकिस्तानसँग नेपालको निर्णायक भिडन्त



उब्जेकिस्तान नेपालको बलियो प्रतिद्धन्दी टिम हो । अहिलेसम्म दुई देशले तीनपटक प्रतिष्पर्धा गरेका छन् । तर, नतिजा नेपालको पक्षमा छैन । उब्जेकिस्ताले तीनै खेल जितेको छ । अहिले उच्च लयमा रहेको नेपालले उब्जेकिस्तानविरुद्ध जित निकालेमा हारको खडेरी मात्रै तोडिने छैन । सन २०२६ मा अस्टे«लियामा हुने एएफसी महिला एसियन कपका लागि छनोट हुनेछ ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

नेपाली महिला राष्ट्रिय फुटबल टिम यतिबेला उज्बेकिस्तानमा छ । एसियन कप छनोट अन्तर्गत महिला टिम उज्बेकिस्तानमा खेल खेलिरहेको छ । समूह चरणमा दुई खेल सजिलै जितेको नेपालको रोमाञ्चक भिडन्त गर्दैछ, घरेलु टोली उज्बेकिस्तानसँग । नेपाल रहेको समूहमा आयोजक उज्बेकिस्तानसहित लाओस र श्रीलंका थिए । नेपालले यसअघि आफ्नौ सयौ अन्तर्राष्ट्रिय खेलमा लाओसविरुद्ध प्रभावशाली जित हासिल गरेको थियो । एसियन कप छनोटको पहिलो खेलमा नेपालले कप्तान सवित्रा भण्डारी ‐साम्बा)को ह्याट्रिकको मद्दतमा लाओसलाई ९–० गोल अन्तरले हरायो । छनोट चरणको दोस्रो र १०१औँ अन्तर्राष्ट्रिय खेलमा श्रीलंका विरुद्ध ८–० गोल अन्तरले जित्यो ।

दुवै खेलमा कप्तान साम्बाले ह्याट्रिक गरेकी थिइन् । नेपालको ऐतिहासिक सयौँ खेलमा नेपालको ११औँ कप्तानको रूपमा डेब्यु गरेकी साम्बा उच्च लयमा छिन् । उनी एसियन कप छनौटको उच्च गोलकर्तासमेत हुन् । दुई खेलमा साम्बाले ८ गोल गरेकी छन् । साम्बा नेपाली टिमकीसमेत अहिलेसम्म उच्च गोलकर्ता खेलाडी हुन् । उनले अहिलेसम्म देशको नाममा १६५ गोल गरिसकेकी छन् । जारी प्रतियोगितामा नेपालका तर्फबाट अनिता बस्नेत, अनिता केसी, रश्मि कुमारी घिसिङ, पूजा राना, गिता राना मगर, सरु लिम्बु र निशा थोकरले गोल गरेका छन् ।

फिफा वरियतामा नेपालभन्दा ४९ स्थानमाथि रहेको उज्बेकिस्तानसँग शनिबार निर्णायक खेल खेल्दैछ । एसियन कप छनोट अन्तर्गत शनिबार तास्केन्तमा हुँदैछ । जुन नेपालको १०३औँ अन्तर्राष्ट्रिय खेल हो । यो खेलको नतिजाले नेपाली महिला फुटबल टिमको भविश्य निर्धारण गर्नेछ । प्रतियोगितामा समान अंक रहेका दुई देशको एउटै उद्देश्य समूह विजेता बन्ने हुनेछ । दुवै टोलीले १७ गोल गरेका छन् । यी देशले अहिलेसम्म कुनैपनि गोल खाएका छैनन् । निर्धारित समयमा बराबरी खेले वा समान गोलसहित टुंग्याए भने पेनाल्टी सुटआउँटमार्फत नतिजा निकालिनेछ । जुन टिमले जित्छ, त्यही टिम सन् २०२६ मा अस्टे«लियामा हुने एसियन कपका लागि छनोट हुनेछ । हार्ने टिम छनोटबाटै बारिनेछ ।

यही छनोटबाट नेपाल २६ वर्षपछि एसियन कपमा छनोट हुनेमा दाउमा छ । उता उब्जेकिस्तानपनि २२ वर्षपछि एसियन कपमा छनोट हुन चाहन्छ । नेपालले पहिलोपटक सन् १९९९ मा पछिल्लोेपटक एसियन कप खेलेको थियो । त्यसपछि उब्जेकिस्तानले सन् २००१ र सन् २००३ मा एसियन कप खेलेको थियो । जारी छनोटमा उच्च लयमा देखिएका दुवै टिमबीचको खेल रोमाञ्चक, प्रतिष्पर्धात्क र रोचक हुनेछ । यसअघि नेपाल र उज्बेकिस्तान तीनपटक एकअर्कोविरुद्ध मैदान उत्रिएका छन् । नतिजा भने नेपालको पक्षमा छैन । नेपालले उब्जेकिस्तानसँग तीनैपटक हार व्यवहोरेको छ ।

दुवै टोलीले पहिलो भेट सन् १९९९ को महिला एसियन कपमै प्रतिष्पर्धा गरेका थिए । फिलिपिन्समा भएको एसियन कपको समूह चरणमा उज्बेकिस्तानले नेपाललाई ६–१ ले पराजित गरेको थियो । सन् २०१९ मा कीर्गिस्तानमा भएको नादेज्दा कपमा नेपालले फेरि उज्बेकिस्तानसँग खेल्यो । जहाँ यी दुई टोलीबीच दुई खेल भएको थियो । तर दुवै खेलमा उज्बेकिस्तानले नै बाजी मा¥र्यो । लिग चरणमा उज्वेकिस्तानले २–० को जित हात पारेको थियो ।

यिनै दुई टोली फाइनल पनि पुगेका थिए र प्रतिस्पर्धात्मक खेलमा उज्बेकिस्तान ३–२ ले विजयी भयो । त्यस खेलमा दुवै गोल सावित्रा भण्डारीले गरेकी थिइन् । नेपाल हारको श्रृंखला तोड्दैँ नयाँ इतिहास कायम गर्नमा केन्द्रित हुनेछ । नेपाली महिला फुटबल टोलीले उज्बेकिस्तानसँगको खेललाई महत्वपूर्ण मान्दै छनोटको अन्तिम अवसरको रूपमा हेरेको छ । अहिले सबैको नजर एसियन कप छनोट अन्तर्गत शनिबार तास्केन्तमा हुने घरेलु टोली उज्वेकिस्तान विरुद्धको खेलमा छ ।

उब्जेकिस्तानसँगको खेल जितेमा नेपालले थुप्रै अवसर पाउनेछ । खेल जितेमा एसियनमा त स्थान सुरक्षित गर्नेछ । खेल जितेमा नेपाल फिफा महिला विश्वकप र २०२८ को ओलम्पिकको छनोट यात्रामा समेत पुग्नेछ । महिला एसियन कपमा एसियाका उत्कृष्ट १२ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

जसमा नेपालले बलिया टोलीसँग खेल्दै अझै धेरै एक्सपोजर लिने अवसर पनि पाउनेछ । यस्तै सन् २०२७ मा ब्राजिलमा हुने महिला विश्वकपको छनोटको आधारपनि हुनेछ । एसियन कप खेल्ने १२ मध्ये शीर्ष ६ टिमले फिफा महिला विश्वकपमा स्थान बनाउनेछ । यस्तै, सन् २०२८ को ओलम्पिकको लागि पनि नेपालले अवसर पाउनेछ । अहिले नेपाली टोलीमा थुपै्र परिवर्तन छ ।

नेपाली टिममा प्रशिक्षक नयाँ छन् । उनले रणनीतिक खेललाई प्राथमिकता दिएका छन् । उनी आएपछि नेपालको नियमित कप्तान परिवर्तन भएको छ । उनले मिडफिल्ड र डिफेन्समा समेत उत्तिकै परिवर्तन गरिरहेका छन् । अब शनिबार उनी कस्तो रणनीतिमा प्रस्तुत हुन्छन् र खेलाडी मैदानमा उतार्नेछन् भन्ने कौतुहलता रहेको छ । अझ महत्वपूर्ण नेपालले जसरीपनि जित्ने दबाबमा हुनेछ । जुन खेलले नेपालका लागि निकै महत्व राख्नेछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २१ गते शनिबार