नेपालगन्ज (बाँके)।
नेपालगन्जका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षक प्रतिनिधिहरूका लागि आइतवार ‘साइबर अपराध सचेतना कार्यक्रम’ आयोजना गरिएको छ । सयभन्दा बढी विद्यार्थीहरूबीच नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले कार्यक्रम उद्घाटन गरे । कार्यक्रममा उद्घाटन मन्तव्य व्यक्त गर्दै नगर प्रमुख विष्टले साइबर अपराधको बढ्दो घटना न्यूनीकरणमा विद्यालयस्तरबाट नै सचेतना जगाउन यसरी कार्यक्रम गरिएको बताए ।
डटवक्र्स टेक्नोलोजीज्ले नेपालगन्ज उपमहानगरपालिकासँगको सहयोगमा साइबर सचेतनाबारे दुई दिने कार्यक्रम गरेको हो । पहिलो दिन सयबढी विद्यार्थी, शिक्षक लगायतका लागि गरिएको सचेतनाको दोस्रो दिन जनप्रतिनिधिहरूसँग अभिमुखीकरण गरिने आयोजक डटवक्र्सका प्रवन्ध निर्देशक अरशद कमल सिद्दीकीले जानकारी दिए ।
कार्यक्रम उद्घाटन सत्रमा बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामप्रसाद घर्तीले बाँकेमा बढ्दो साइबर अपराध र जोगिनुपर्ने अवस्थाको आवश्यकताबारे आफ्ना धारणा राखेका थिए । पत्रकार झलक गैरे, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, नेपालगन्ज– १८ का वडाध्यक्ष दीपककुमार बर्मा लगायतले विषयगत धारणा राखेका थिए ।
शिक्षक विद्यार्थीहरूबीच अन्तक्र्रियात्मक सचेतनका कार्यक्रममा विषय विज्ञ ई.अरशद कमल सिद्दीकी र बाँके प्रहरी महिला सेल प्रमुख, प्रहरी निरीक्षक शिवा थापाले साइबर अपराधका विभिन्न प्रस्तुतीकरण गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्