धनगढी ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना विश्वविद्यालय बनाउने अभियानमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन् । मंगलबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित १६औँ स्थापना दिवसको अवसरमा बोल्दै मुख्यमन्त्री शाहले कृषि, पर्यटन तथा धार्मिक टुरिजम क्षेत्रको विकासका लागि विश्वविद्यालयस्तरमा गहन अध्ययन र अनुसन्धान आवश्यक रहेको बताए ।
उनले प्रदेशको रोजगारी, उत्पादन वृद्धि र स्थानीय सीप क्षमता विश्व बजारसम्म पु¥याउन शैक्षिक संस्थाको भूमिका निर्णायक हुने उल्लेख गरे । ‘प्रदेश सरकारले विश्वविद्यालयलाई आवश्यक सहयोग गर्न सधैँ तयार छ,’ मुख्यमन्त्री शाहले स्पष्ट पारे । उनले विश्वविद्यालयलाई गुणस्तरीय, प्रयोगमुखी र रोजगारीमुखी बनाउनेतर्फ अघि बढ्न सुझाव पनि दिए ।
स्थापना दिवसको अवसरमा २५ वर्षभन्दा बढी समय विश्वविद्यालयमा सेवा गरेका ४३ जना कर्मचारी तथा प्राध्यापकलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, विद्यार्थी तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्