बिहे भनेको दुई व्यक्तिबीचको पवित्र तथा सबैभन्दा नजिकको सम्बन्ध हो । तर कहिलेकाहीँ सामाजिक सञ्जालमा यस्ता अनौठा घटनाहरू सार्वजनिक हुन्छन् जसले मानिसहरूलाई आश्चर्यचकित बनाउँछन् ।
इन्डोनेसियामा भएको एउटा अनौठो बिहेको घटना सायद संसारकै पहिलो र अन्तिम बिहे हो भन्दा फरक नपर्ला । त्यहाँ एकजना युवकले कुनै युवतीसँग होइन राइस कुकरसँग विवाह गरे । अनि ती युवक र राइस कुकरबीच बlहे भएको चार दिनमै सम्बन्धविच्छेद भयो ।राइस कुकरसँग बिहे गर्ने युवकको नाम इरुल अनाम थियो । अनामले राइस कुकरलाई बेहुली बनाएर बिहे गरेका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।
तस्वीरमा उनी परम्परागत विवाहको पोसाकमा देखिएका थिए भने राइस कुकरलाई पनि बेहुलीझैँ सजाइएको थियो । उनले मुस्लिम समाजअनुसार विधिपूर्वक निकाह गरी विवाह संस्कार सम्पन्न गरेका थिए । साथै राइस कुकरसँग विवाह गरेको कागजातमा हस्ताक्षर गरिरहेको तस्वीरसमेत उनले सोसल मिडियामा पोस्ट गरेका थिए ।
विवाहका तस्वीरहरू सोसल मिडियामा शेयर गर्दै उनले आफूले राइस कुकरलाई रोज्नुको कारण रमाइलो शैलीमा बताएका थिए । उनले भनेका थिए– राइस कुकर आज्ञाकारी छ, शान्त छ र सबैभन्दा महत्त्वपूर्ण कुरा यसले स्वादिष्ट भात पकाउँछ ।
४ दिनमै टुट्यो सम्बन्ध
तर त्यो अनौठो विवाहको चार दिनपछि अनामले सोसल मिडियामा अर्को पोस्ट गरे र आफूले आफ्नी पत्नी राइस कुकरसँग सम्बन्धविच्छेद गर्न लागेको घोषणा गरे ।त्यस क्रममा उनले ठट्यौली शैलीमा सम्बन्धविच्छेदको कारण पनि बताए । राइस कुकरले भात मात्रै पकाउन सक्ने तर अन्य परिकार बनाउन नसक्ने हुनाले आफ्नो सम्बन्ध लामो समय टिक्न नसकेको उनको भनाइ थियो ।
सन् २०२१ को उक्त घटनाले र त्यतिबेला सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको थियो । विवाह र सम्बन्धविच्छेद दुवैका तस्वीरहरू लाखौँ मानिसहरूले हेरेका थिए ।केहीले यसलाई केवल मजाक र मनोरञ्जनको माध्यम माने भने केहीले सामाजिक सञ्जालमा लोकप्रियता कमाउने गलत प्रयासका रूपमा व्याख्या गरेका थिए ।
एजेन्सी









प्रतिक्रिया दिनुहोस्