राप्ती सोनारीको बैँसामा पार्क निर्माण कार्य सुरु



राप्ती सोनारी (बाँके) ।

आन्तरिक पर्यटनमा पार्कले महŒवपूर्ण भूमिका निर्वाह गरेका छन् । पर्यटनलाई बढवा दिने गरी निर्माण गरिएका ति पार्कहरूमा आन्तरिक पर्यटकको चाप पनि उस्तै देखिन्छ ।

भिडभाड र दैनिक कामको चापबाट छुटकारा पाउन र तनावमुक्त हुन नागरिकहरूले पछिल्लो समय पार्क खोज्दै हिँड्े गरेका छन् । पार्कहरू आर्यआर्जन र रोजगारीको माध्यम पनि बनेका छन् । पछिल्लो समय पर्यटन विकासलाई प्राथमिकता दिएको राप्ती सोनारीले पनि वडा नम्बर ३ स्थित बैँसामा थारु सांस्कृतिक ग्राम पूर्वाधार निर्माणअन्तर्गत पार्कको निर्माण कार्य सुरु गरेको छ ।

नेपाल सरकारको विशेष अनुदानमा राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले उक्त पार्कको एक कार्यक्रमका बीच शिलन्यास गरेका हुन् । पार्क निर्माणका लागि पर्यटन डिभिजन कार्यालय कोहलपुरले कूल रकम एक करोड २५ लाख रूपैयाँँमा ठेक्का आह्वान गरेको थियो । आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी ९० लाख १८ हजार नौ सय ४२ रूपैयाँ २३ पैसामा ओसियन कन्ट्रक्सन कोहलपुरले ठेक्का पारेको थियो । उक्त कम्पनीले पार्कको निर्माण कार्य सुरु गरेको हो ।

निर्माण सम्पन्नपछि यसले यहाँका पर्यटनमा महŒवपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । गाउँपालिकाका अध्यक्ष पौडेलले धार्मिक, कृषि र पूर्वाधार पर्यटनमा जोड दिएको बताए । सोहीअनुसार पालिकामा पार्क, मठ मन्दिर निर्माण भइरहेको भन्दै उनले भने, ‘यहाँको आर्थिक स्थिति उकास्नलाई भए पनि पर्यटनमा लगानी गर्नुपर्ने छ ।’ यहाँ पर्यटकीय प्रचूर सम्भावना हुँदाहुँदै पनि सृजित फोहोर र भएका संरचनाहरूको संरक्षण र सौन्दर्यीकरण गर्न नसक्दा पर्यटक पुग्न नसेको उनी बताउँछन् ।

‘वर्षाैँदेखि पर्यटन पूर्वाधार छन् । तर, फोहोर व्यवस्थापन नहुँदा आकर्षक छैनन्,’ उनले भने, ‘हामीले फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा ति फोहोरले गिज्याइ रहेका छन् । वातावरणीय सौन्दर्यता खस्किँदै गएको छ ।’ हाम्रा सबै गतिविधि वातावरणीय सौन्दर्यतालाई ख्याल गर्ने गरी हुनुपर्ने भन्दै उनले भने, ‘राप्ती सोनारीमा पर्यटकीय गतिविधि सम्भव छन् । सबै हातेमालो गरी अगाडि बढौँ ।’

राप्ती सोनारीमा भूवर भवानी, बर्फानीलगायतका पर्यटकीय क्षेत्र हुँदाहुँदै पनि यहाँका वासिन्दा बाहिर जानुपर्ने बाध्यता भएको उनी बताउँछन् । ‘हाम्रा घरै अगाडि पर्यटकीय क्षेत्र छन् । हामी चिसापानी, गाभारलगायतका क्षेत्रमा मनोरञ्जनका लागि पुग्छौँ,’ उनले भने, ‘जसले गर्दा हाम्रो पैसा अन्यत्रै गएको छ । हाम्रो त्यो पैसा यहीँ राख्ने र अन्य पर्यटकलाई भिœयाएर आम्दानी लिने योजना पालिकाले निर्माण गर्दैछ ।’

जसका लागि सिक्टा सिँचाइ आयोजनाको बाँधस्थलमा बोटिङ निर्माणका लागि आईई निर्माण गरिने उनी बताउँछन् । राप्तीसोनारीमा पर्यटकीय गतिविधि बढ्दा यहाँको आयस्रोत मात्र होइन् क्षमता अभिवृद्धिसमेत हुने उनको भनाइ छ ।

वडा नम्बर ३ का वडाध्यक्ष मिनकुमार चौधरीले यस पार्कले यहाँ पर्यटनमैत्री वातावरण बनाउन मद्दत पुग्ने बताए । पर्यटकको सङ्ख्या बढ्दै जाँदा रोजगारीका अवसर सृजना हुने उनको भनाइ छ । उक्त पार्कमा कोसेली घर, दुईवटा झुला, लव साइन, ग्रीन बेल्ट, व्यायाम पार्क, गेट निर्माण र वृक्षरोपण गरिने छ । त्यस्तै सोही रकमबाट भूवरभवानी मन्दिरमा मञ्च र चेन्जिङ रुम निर्माण गरिने गाउँपालिकाले जनाएको छ । यसका साथै निर्माणाधीन मन्दिरहरूको कामलाई पनि सम्पन्न गर्ने बताइएको छ ।

स्वच्छ, सफा र सुन्दर सहरका लागि सहरी पार्कको योगदान निकै महत्वपूर्ण हुन्छ । पार्क अर्थात् उद्यानको महत्व बहुआयामिक हुन्छ । पार्कभित्रका रुख बिरुवासहितको हरियाली र शुद्ध वातावरणसँगको सामीप्यले मनलाई शान्त राख्न सहयोग पु¥याउँछ । त्यहाँको खुला स्थानमा हल्का व्यायाम र पैदल हिँडाइले शारीरिक स्वस्थतामा पनि वृद्धि गर्ने गाउँपालिकाका अध्यक्ष पौडेलले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ ६ गते मंगलबार